21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

पारस खड्का सहित दर्जन बढी चर्चित खेलाडीलाई सशस्त्रले हटायो

          |   प्रकाशित मितिः सोमवार, जेष्ठ २२, २०७४     8:09:34 AM  | 189 पटक पढिएको   |  

काठमाण्डौं – तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ । खेलकुद कोष रित्तिएपछि वैशाख देखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गरेको हो ।

आर्थिक स्रोतको समस्या भएकै कारण करार सम्झौता नवीकरण हुन नसकेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी दिवाकर केसीले बताए । प्रायोजक नपाएको र अन्य स्रोत पनि नभएपछि तलब दिन नसकिएको उनको भनाइ छ ।

सशस्त्रले क्रिकेटर पारस खड्का सहित देशका चर्चित खेलाडीलाई मासिक तलब दिएर आफ्नो विभागीय क्लबमा अनुबन्धित गरेको थियो ।

Leave a comment

Your email address will not be published.


*