21 September 2017|   बिहिबार, अशोज ५, २०७४

जनप्रतिनिधिले कर्मचारी भर्ना गर्न नपाउने

          |   प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४     9:53:47 AM  | 5059 पटक पढिएको   |  

काठमाण्डौं – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित जनप्रतिनिधिलाई कर्मचारी भर्ना गर्न अंकुश लगाउने भएको छ । एकपछि अर्को आदेश र निर्देशिका जारी गर्दै निर्वाचित जनप्रतिनिधिलाई अंकुश लगाउने क्रममा सरकारले केन्द्र सरकार अन्तर्गतका कर्मचारी समायोजन नभएसम्म स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारी नियुक्ति गर्न नपाउने गरी व्यवस्था गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सामान्य र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मिलेर तयार पारिएको स्थानीयतह सञ्चालन सम्बन्धी अन्तरिम व्यवस्थापन शीर्षकको प्रतिवेदनमा सो व्यवस्था गरिएको छ । उक्त प्रतिवेदन मन्त्रिपरिषदबाट स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पठाएको छ ।

प्रतिवेदनमा सरकार मातहत रहेका कर्मचारी समायोजन नहुँदा सम्म स्थानीय तहमा नयाँ कर्मचारी भर्ना गर्न नमिल्ने व्यवस्था गरेको छ।

1 Comment on जनप्रतिनिधिले कर्मचारी भर्ना गर्न नपाउने

  1. Hari prasad upadhyaya // June 5, 2017 at 6:09 pm // Reply

    किन अधिकार दिने भन्छ सर्कार अनि फेरि येस्तो कुरा के हो खास ?

Leave a comment

Your email address will not be published.


*