25 November 2017|   शनिबार, मंसिर ९, २०७४

डोल्पाका कैदी बन्दीलाई कम्प्युटर वितरण

जैबिक विविधता संरक्षणमा टेवा पुग्ने अपेक्षा

        डोल्पा रामचन्द्र न्यौपाने   |   प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४     8:07:18 PM  | 187 पटक पढिएको   |  

डोल्पा – सदरमुकाम दुनैमा रहेको जिल्ला कारागारका कैदीबन्दीहरुलाई टेलिभिजन र कम्प्युटर वितरण गरिएको छ । म्ांगलबार शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको तर्फबाट कैदीबन्दीलाई टेलिभिजन र कम्प्युटर हार्डडीक्समा जैविक विविधता संरक्षण सम्बन्धि भिडीयो कार्यक्रमहरु राखेर वितरण गरिएको निकुञ्जले जनाएको छ ।

कैदिबन्दीहरुले खाली समयको उपयोग गर्दै कम्प्युटर हार्डडीक्समा राखिएको भिडीयो कार्यक्रमहरु हेरेर मनोरञ्जनका साथ जैविक विविधता संरक्षण शिक्षा सम्बन्धि जानकारी पाउने र यसबाट जैबिक विविधता संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको निकुञ्जको संरक्षण अधिकृत रामदेब चौधरीले बताए ।

निकुञ्जुका संरक्षण अधिकृत चौधरीका अनुसार उनीहरुले आफ्नो सजाय भुक्तान गरिसके पछि फेरी पनि अपराधिक क्रियाकलापमा संलग्न नहुन भन्दै तथा आफुले पाएका जैविक बिविधता संरक्षण सम्बन्धि ज्ञान अरुलाई पनि सिकाउने र यसबाट प्रकृति तथा बन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने समेत अपेक्षा गरिएको उनको भनाई छ । अहिले जिल्ला कारगार डोल्पामा १८ जना कैदी १२ जना बन्दीहरु रहेका छन् ।

Leave a comment

Your email address will not be published.


*