24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

संसारको सबैभन्दा धनी व्यक्तिका सन्तानलाई मोबाइल चलाउन प्रतिबन्ध

          |   प्रकाशित मितिः मङ्लबार, बैशाख १२, २०७४     11:51:22 AM  | 196 पटक पढिएको   |  

एजेन्सी – आजकालको जमानामा मोबाइल फोन बच्चाले पनि चलाइरहेका हुन्छन् । हामीमध्ये धेरैले आफ्ना बच्चालाई निकै सजिलै फोन थमाइदिन्छौं । यस्तोमा यदि कोही व्यक्तिले आफ्नो सन्तानलाई किशोर किशोरी हुँदासमेत मोबाइल प्रविधि सँग नजिकिन नदिएको भन्दा विश्वास गर्नुहोस् ।

हो, माइक्रोसफ्टका सह–सम्पादक र संसारका सबैभन्दा धनी व्यवसायी बिल गेट्सले आफ्नो बच्चा १४ वर्षको उमेर नहुञ्जेलसम्म प्रविधिबाट टाढा राखेको बताएका छन् ।

यद्यपी, टेक फ्रेन्डली वातावरणमा हुर्केका कारण साधारण बच्चाजस्तै बिल गेट्सका सन्तान पनि मोबाइलका लागि जिद्दी गर्दथे तर उनकी श्रीमती मेलिन्डा र उनी आफै पनि यो विषयमा निकै कडा स्वभाव अपनाउने गरेको जानकारी दिए । उनीहरुले आफ्ना सन्तानलाई १४ वर्षको उमेरसम्म मोबाइल छुन समेत दिएनन् ।

बिलका तीन सन्तान छन् जसमा सबैभन्दा जेठी जेनिफर २० वर्षकी र मfहिलो छोरा रोरी १७ वर्षका छन् भने सबैभन्दा कान्छी फोएबे १४ की छिन् ।

यतिमात्र होइन, बिल गेट्सका घरमा अन्य कुराको पनि gLयम कडा छ । उदाहरणका लागि टिभी हेर्नका लागि समय निर्धारण गरिएको छ । एक समय कटेपछि घरका कोही पनि व्यक्ति पनि टिभी हेर्दैन । खानाको टेबलमा कसैले पनि मोबाइल फोन ल्याउन पाउँदैन ।

बिल गेट्सका साथै स्टिभ जब्ज पनि प्रविधिको विषयमा केही यस्तै मानसिकता राख्छन् । उनले पनि बच्चालाई प्रविधिबाट टाढै राख्नुपर्ने बताएका छन् । बच्चाले प्रविधिको प्रयोग कति गरिरहेका छन् भन्ने विषयमा ध्यान दिनुपर्ने आवश्यकता भएको उनी बताउँछन् ।

प्रविधिको दुनियाँमा रहेपनि स्टिभ जब्स खानाको टेबलमा बच्चा र परिवारसँग किताब र र इतिहासको मात्र कुरा गरेको बताउँछन् ।

Leave a comment

Your email address will not be published.


*