18 October 2017|   बुधबार, कार्तिक १, २०७४

टिकट नपाएपछि पार्टी फेरवदल

एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरेका थापालाई माओवादी केन्द्रले दियो गाँउपालिकाको टिकट

          |   प्रकाशित मितिः सोमवार, बैशाख ११, २०७४     9:30:46 PM  | 558 पटक पढिएको   |  

जाजरकोट – नेकपा एमाले जिल्ला कमिटी सदस्य लालबहादुर थापाले पार्टीले टिकट नदिएको झोकमा माओवादी केन्द्रमा प्रवेश गरि शिवालय गाँउपालिकाको प्रमुखको टिकट हात पारेका छन् । शिवालय गाउँपालिका ३ राग्माका थापा २०५४ सालको स्थानीय तहको निर्वाचनमा साबिकको सीमा गाविसबाट एमालेको तर्फबाट निर्वाचित भएका हुन् ।

पार्टी प्रवेश सँगै थापालाई माओवादी केन्द्रले उक्त गाउँपालिकाको प्रमुख पदमा उम्मेद्वार बनाउने निर्णय गरेको छ । त्यस्तै नेपाली काँग्रेसका नेताहरु जुनीचाँदे गाँउपालिकाका नरजीत शाही र बारेकोट गाँउपालिकाका दिलबहादुर नेपाली वडा अध्यक्षको टिकट नपाएको भन्दै शाही माओवादी केन्द्रमा र नेपाली एमाले प्रवेश गरी वडा अध्यक्षको टिकट हात पारेका छन् ।

आफू विगतदेखि क्रियाशील रहँदै आएको पार्टीबाट स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न नपाउने देखेपछि अर्को पार्टीमा प्रवेश गर्नेको होडबाजी नै चलेको छ । त्यस्तै नयाँ शक्ति पार्टीका जिल्ला अध्यक्ष प्रशान्त शर्मा सहितका दर्जन नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी उनीहरु घर फर्केका छन् । माओवादी केन्द्रबाटै नयाँ शक्तिमा गएका शर्माले उक्त पार्टीलाई जनताले साथ नदिएकोले पुरानै घर फर्किएको बताए ।

Leave a comment

Your email address will not be published.


*