18 October 2017|   बुधबार, कार्तिक १, २०७४

राष्ट्रपति भण्डारीलाई नयाँ दिल्लीमा यो कस्तो अपहेलना ?

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, बैशाख ४, २०७४     7:10:07 PM  | 219 पटक पढिएको   |  

काठमाडाैः नेपालका लागि प्रथम महिला राष्ट्रपति हुन सफल भएकी विद्यादेवी भण्डारी आजबाट पाँच दिने राजकीय भ्रमणका लागि मित्रराष्ट्र भारत पुगेकी छन् । उनलाई भारतका राष्ट्रपति प्रणब मुखर्जीले राजकीय भ्रमणका लागि मैत्रीपूर्ण निमन्त्रणा दिएका हुन् ।

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ११ बजे नेपाल वायुसेवा निगमको विमानबाट त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारीलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न भारतकी महिला तथा बाल विकास राज्यमन्त्री कृष्णा राज पुगेकी थिइन् ।

भिडियो हेर्नुहोस्

तर, योभन्दा पनि अचम्मको कुरा भनेको भारतीय राष्ट्रपति प्रणब मुखर्जी नेपालको तीन दिने राजकीय भ्रमणमा आउँदा उनलाई स्वागत गर्न नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम् उपस्थिति भएकी थिइन् तर, राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाँदा राष्ट्रपतिको त कुरै छोडौँ प्रधानमन्त्री नरेन्द्र मोदीसमेत स्वागत गर्न पुगेनन् उनलाई स्वागत गर्न आइन् त महिला तथा बाल विकास राज्यमन्त्री कृष्णा राज ।

यसले के कुरा प्रष्ट हुन आउँछ भने नेपाल र भारतबीच जनसंख्या, त्यहाँको विकास, क्षेत्रको मूल्याङ्कनलगायत कुराले नेपालको स्वाभिमानलाई अपमान गरेको प्रष्ट देखिन्छ ।

त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उनलाई स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवनतर्फ जाने छिन् । राष्ट्रपति भण्डारी पाँच दिने भ्रमण सकाएर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Leave a comment

Your email address will not be published.


*