20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

क्यान्सर पीडित महिलालाई आर्थिक सहायता

          |   प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३     5:43:50 PM  | 189 पटक पढिएको   |  

जाजरकोटः लहँ ९ गर्छिनाकी जयरुपी घर्तीलाई लहाँका समाजसेवी तथा युवा नेता प्रकाश पन्तले घर्तीको घरमै पुगेर ७८ हजार ५ सय ५ रुपैया आर्थिक सहायता प्रदान गरेका छन् ।

घर्ती लामो समय देखि खुट्टामा क्यान्सर घरमै थलिएकि छन् । आर्थिक अभावका कारण आमालाई अस्पताल सम्म लैजान नसकेको छोरा शशि घर्तीले बताए । सामाजिक संजाल मार्फत घर्ती बचाउ अभियान थालनी गरेर युवा नेता पन्तले सो रकम संकलन गरेको बताए । रकम हस्तान्तरण कार्यक्रममा घर्तीको घरमा २ सय बढी स्थानीयहरुको सहभागिता रहेको थियो । रकम पाएपछि आमाको उपचार हुने बताउदै घर्तीले खुसी व्यक्त गरे । अबको दुई दिन भित्रै उपचारका लागि चितवन लिने घर्तीको भनाई छ । रकम जुटाईदिन सहयोग गर्ने समाजसेवी पन्तलाई क्यान्सर पीडित घर्तीका परिवारले धन्यबाद समेत दिएका छन् ।

 

Leave a comment

Your email address will not be published.


*