24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

युवा नेता शाहका हत्यारालाई जसरी पनि कानूनी दायरामा ल्याउनेः गृहराज्य मन्त्री बानियाँ

रबिन्द्र हत्या काण्ड

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३     5:41:12 PM  | 417 पटक पढिएको   |  

जाजरकोटः गृहराज्य मन्त्री ईन्द्रबहादर बानियाँले स्वर्गीय रविन्द्र शम्सेर शाहका हत्यारालाई जसरीपनि समाएर पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् । गत मंगलवार खलंगाको थाप्लेचौर नजिकै अज्ञात समुहबाट हत्या गरिएका काँग्रेस जाजरकोटका नेता शाहको श्रद्धान्जली सभामा बोल्दै गृहराज्य मन्त्री बानियाले यस्तो बताएका हुन् ।

प्रहरी अनुसन्धानले हत्याराको पहिचान गरिसकेको र दोषीलाई तत्काल पक्राउ गरी कानून बमोजिम कारवाही गरिने बानियाँको भनाई छ । शाहको हत्यारा पत्ता लगाउन गृह मन्त्रालयले केन्द्रियस्तरकै अनुसन्धान प्रक्रिया, साधन र जनशक्ति प्रयोग गरेको जानकारी दिए । स्थानीय चुनावको पूर्व सन्ध्यामा आर्थिक प्रलोभनका कारण नेता शाहको हत्या गरिएको र यो घटनाले जिल्लाबासीमा त्रास र भय बढेकाले जिल्लामा विशेष सुरक्षा व्यवस्थाको प्रबन्ध गर्ने बानियाँको भनाई छ ।

सभामा विभिन्न दल, संघसस्थाका तर्फवाट वोल्ने वक्ताहरुले नेता शाहको हत्याले जिल्लाको शान्ति सुरक्षामा ठुलो चुनौति थपेको भन्दै उचित सुरक्षा व्यवस्था मिलाउन राज्यमन्त्री वानिया मार्फत नेपाल सरकारलाइ आग्रह गरे ।

उनीहरुले जिल्लामा पछिल्लो चरणमा व्यक्ति हत्याका घटनाहरु वढ्दै गएपनि अपराधीहरु पक्राउ पर्न नसकेको गुनासो गरे । शाहका हत्यारालाइ प्रकाउ गर्न नसके वा नगरिए जाजरकोट अपराधीहरुको अखडा वन्न सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा गैरसरकारी सस्था महासंघका अध्यक्ष वीरवहादुर वस्नेत, एमाले नेता नवराज सिंह, काँग्रेस नेताहरु महेन्द्रवहादुर शाह, वेदराज सिंह साँसद राजीवविक्रम शाह, काँग्रेस सचिव खडक विसी लगाएतले शाहका हत्यारालाइ कडा कारवाही हुनुपर्ने माग गरे । शाहको हत्याराहरुको पहिचान भएकोले सो वारे जिल्ला प्रहरी कार्यालय जाजरकोटले मंगलवार विहान ११ वजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

यसै बीच पिडित परिवारलाइ राज्यका तर्फवाट सहानुभुति र समवेदना दिन भेरी नगरपालिका ३ थाप्ले स्थित स्वर्गीय नेता शाहको घर मा पुगेका छन् । पिडित परिवारलाइ सान्त्वना दिदै राज्य मन्त्री वानियाले हत्यारा जसरी पनि समाएर पिडितलाइ न्याय दिलाउने प्रतिवद्धता जनाए ।
स्वर्गीय शाहको क्रियाकर्ममा वसेका उनका वुवा योगसम्सेर शाह र परिवारका अन्य सदस्यलाइ भेट्दै राज्य मन्त्री वानियाले हत्याराहरुको पहिचान भइसकेको र प्रहरीले उनीहरुलाइ छिटटै पक्राउ गरि कारवाही सुरु गर्ने वताए ।

 

Leave a comment

Your email address will not be published.


*