18 October 2017|   बुधबार, कार्तिक १, २०७४

स्थानीय तहको चुनावमा १ करोड ४० लाख ४४ हजारले भोट दिन पाउने

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, चैत्र २०, २०७३     4:41:16 PM  | 167 पटक पढिएको   |  

काठमाडौँः  निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली तयार पारेको छ । आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ४४ हजारले भोट दिन पाउने भएका छन् ।

सरकारले निर्वाचन घोषणा गर्नु भन्दा पहिलो फागुन ९ अघि १८ बर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम समावेश भएका नागरिकहरुको आयोगले अन्तिम सूची बनाएको हो ।

सम्पूर्ण जिल्लाबाट मतदाताको संख्या प्राप्त भएपछि आयोगले आइतबार अन्तिम सूचि निकाल्न लागेको हो ।

मतदाताको अन्तिम सूची प्रकाशन भएसँगै आयोगले मतदाता परिचय पत्र प्रकाशनको काम समेत थाल्दै छ । आयोग परिसरमा रहेको राखिएका मेसिनबाट आयोगले सुरक्षा कोडसहितको मतदाता परिचयपत्र प्रकाशन गर्दैछ ।

साभारः राटाेपाटी

Leave a comment

Your email address will not be published.


*