24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

जाजरकोटमा अनिश्चितकालका लागि यातायात सेवा बन्दः अविलम्ब घाइतेको उपचार गर्न माग

सन्दर्भः फागुन २६ गतेको बस दुर्घटना

          |   प्रकाशित मितिः शनिबार, चैत्र १९, २०७३     3:42:35 PM  | 498 पटक पढिएको   |  

खलंगाः बस दुर्घटनाका घाईतेहरुको उपचारका लागि सम्बन्धित पक्षले वेवास्ता गरेको भन्दै जाजरकोटमा यातायात सेवा ठप्प पारिएको छ । गत फागुन २६ गते भेरी नगरपालिका ४ मा दुर्घटनाका घाईतेका आफन्तले अनिश्चित कालका लागि यातायात सेवा ठप्प पारेका हुन् ।

छिन्चु–जाजरकोट सडकको बोहरा सडक खण्डमा छेडागाड १ खाराका लागि जाँदै गरेको ना.३ ख. २२७९ नम्बरको बस फागुन २६ गते दुर्घटना हुदा २७ जनाको ज्यान गुमेको थियो भने ६ जना गम्भीर घाईतेको उपचार भैरहेको छ । भेरी नगरपालिका ११ का सन्तोष मल्ल, भेरी नगरपालिका १२ का प्रताप गिरी, जुनीचाँदे गाउँपालिका १ का टोपबहादुर चन्द र तुले तिरुवा, छेडागाड नगरपालिका ८ का डिला दमाई र भेरी नगरपालिका १३ का सुजन गिरीको उपचार नेपालगन्ज र काठमाडौका विभिन्न अस्पतालमा उपचार भैरहेको घाईतेका आफन्तले जानकारी दिएका छन् ।सम्बन्धित पक्षले तत्काल घाईतेको उपचारका लागि तदारुकता नदेखाए थप सशक्क्त आन्दोलन गर्ने यज्ञ बटालाले बताए ।

यसै बीच सडक यातायात अनिश्चित कालका लागि बन्द भएपछि जिल्लाबाहिर आवत जावत गर्ने यात्रुहरुलाई सास्ती भएको छ । दिनहुँजसो जाजरकोटमा भैरहेको बन्द हड्ताल र जुलुसले स्थानीयहरुले सास्ती झेल्नु परेको नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले बताए ।

Leave a comment

Your email address will not be published.


*