22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

आचारसंहिता मिच्दै विद्यालयमा आमसभाः माओबादी केन्द्रले ५ पटक, कांग्रेसले २ पटक गर्यो

सामाजिक संजालमा चर्को बहस

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शनिबार, चैत्र १९, २०७३     2:51:26 PM  | 727 पटक पढिएको   |  

जाजरकोटः बारेकोट गाउँपालिका स्थित वीरेन्द्र ऐश्वर्य माद्यमिक विद्यालयमा नेकपा एमालेले संचालन गरेको चुनावी आमसभाको तस्बिर सार्वजनिक भएसँगै सामाजिक संजालमा चर्को आलोचना भएको छ ।

बारेकोट गाउँपालिकामा सार्वजनिक कार्यक्रम गर्दा भौगोलिक हिसाबले सबैलाई पायक पर्ने उक्त विद्यालयमा शुक्रबार नेकपा एमालेले आफ्नो चुनावी आमसभा सम्पन्न गरेको थियो ।

विद्यालय क्षेत्रमा चुनावी आमसभा, भेला लगायतका राजनीतिक कार्यक्रम गर्न नपाईने निर्वाचन आयोगको आचारसंहिता भएपनि नेकपा एमालेले आचारसंहिताको वेवास्ता गर्दै उक्त कार्यक्रम गरेको हो । विद्यालय क्षेत्रमा राजनीतिक कार्यक्रम गर्नु राम्रो नभए पनि बारेकोट क्षेत्रमा क्रियाशिल सबैजसो दलले विद्यालयकै क्षेत्र प्रयो गर्ने गरेको प्राचार्य गोरखबहादुर सिंहले बताए ।

                     बीरेन्द्र एेश्वर्य मावि बारेकोटमा शुक्रबार नेकपा एमालेले गरेको चुनावी आमसभा  । तस्बिरः तिर्थराज बोहोरा

प्राचार्य सिंहका अनुसार उक्त विद्यालयको प्रांगनमा निर्वाचन आयोगको आचार्य सहिता लागू भैसकेपछि नेकपा माओबादी केन्द्रले ५ पाँच पटक, नेपाली कांग्रेसले २ पटक र एमालेले १ पटक राजनैतिक कार्यक्रम गरिसकेका छन् ।

सामाजिक संजाल फेसबुकमा प्रतिक्रिया दिदै स्थानीय नविन राज शाहीले विद्यालयमा दल विशेषको कार्यक्रम गर्दा निर्वाचन आयोगको आचारसंहिताको उल्लघंन भएन र भनेर प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी विद्यालयको पठनपाठनलाई असर नगरी विद्यालयमा राजनैतिक कार्यक्रम गर्न पाउनुपर्ने स्थानीय टकेन्द्र रोकायको तर्क छ । तर, सुनीता पौडेलले विद्यार्थीको मनोविज्ञानमा असर पार्ने गरी विद्यालय जस्तो शान्ति क्षेत्रमा यस्ता कार्यक्रम गर्नु हुदैन भन्ने तर्क राखेकी छन् ।

Leave a comment

Your email address will not be published.


*