20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

जाजरकोटका गैरसकारी संस्थाले गाउँ छोडेः सबै कार्यक्रम स्थगित

रबिन्द्र हत्या काण्ड

        बालकुमार शर्मा   |   प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७३     10:42:31 PM  | 293 पटक पढिएको   |  

जाजरकोटः गैरसरकारी संस्था महासंघ जाजरकोटले गएको मंगलबार हत्या गरिएका पाँचतारा युवा संरक्षक मञ्च नामक गैरसरकारी संस्थाका अध्यक्ष रविन्द्र शाहका हत्यारालाई पक्राउ नगरिएको भन्दै जिल्लामा सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससका सबै कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

असुरक्षाको कारण देखाउँदै एनजिओ तथा आइएनजिओका फिल्डका सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको गैसस महासंघका जिल्ला अध्यक्ष वीरबहादुर बस्नेतले बताउनु भयो । उहाँले सामाजिक क्षेत्रका अगुवालाई सदरमुकाम भित्रै दिनदहाडै हत्या गरिएको चार दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रशासन र सरकारको विरोध गर्नु भएको छ  ।

‘सरकारको सहयोगी निकायको रुपमा रहेका गैरसरकारी संस्थामा काम गर्ने साथीहरुको सुरक्षा हुँदैन भने हामी गाउँमा कसरी काम गर्ने’ उहाँले भन्नुभयो, ‘हाम्रो सुरक्षाको ग्यारेन्टी नभएसम्म हामी जिल्लामा संचालित सबै कार्यक्रम अनिश्चित कालका लागि स्थगित गर्न बाध्य भएका छौँ, सरकारी कर्मचारीको यसरी हत्या भएको भए तत्काल अपराधी पत्ता लगाईन्थ्यो तर गैससकर्मी मारिएको चार दिनसम्म पनि घटनाबारे सत्यतथ्य सार्वजनिक नगरिनु दु:खद हो ।’

जिल्लामा हेल्भेटास नेपाल, सेभ द चिल्डेन, कारितास अष्टेलिया, युएस ए आई डी लगायतका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रम संचालित छन् । ति संस्थामा ५ सय बढी कर्मचारी कार्यरत रहेको गैसस महासंघका जिल्ला सहसचिव कृष्णजंग शाहले  जानकारी दिनु भयो  । ‘घटनापछि सबै कर्मचारी तथा गैससकर्मी आतंकित भएका छन् यस्तो अवस्थामा गाउँमा गएर कसरी काम गर्ने ?’ उहाँले भन्नुभयो ।

पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष एवं निर्माण ब्यवसायीसमेत रहेका शाहको हत्या कसले किन गर्यो अहिलेसम्म खुल्न सकेको छैन । घटना बारे अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनु भयो ।

साभारः उज्यालो अनलाइन

Leave a comment

Your email address will not be published.


*