22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

सम्झनाको तरेलीमा ‘रवि अंकल’

स्मरण

        दिनेशजंग शाह   |   प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७३     10:06:09 PM  | 1490 पटक पढिएको   |  

दिनेश जंग शाह

खैं के भनौं, कसरी शुरु गरौं । शोकको यो घडीमा ।

विश्वास नै लाग्दैन, अझैं पनि । हजारौं माईल टाढाको यो विरानो ठाँउमा, आँखा रसाई नै रहेका छन । गला अबरुद्व बनेको छ । ह“सिलो त्यो मुहार, आखैं वरिपरि नाँचे झैं लाग्छ । नरम, मिठास बोली कानमैं गुन्जिएझैं लाग्छ । एतै कतै बाट बोलाए जस्तो, ‘के छ दिनेश, खबर ।’ आँसु छचल्किदै थाकेका, अनि टोलाएका आँखाले फेसबुक मार्फत त्यो देह, शिवालयको चितामा खरानी भईसकेको देख्दा पनि, अझैं अपत्यारिलो लाग्ने । यो मन नै मान्दैन । प्रिय रवि अंकल एतैकतै भयो जस्तो । आफनैं वरिपरी । अनायशमै उनकै आवाज गुन्जिएको जस्तो ।

उमेरले केहि बर्ष कान्छा भए पनि, हामी सँगै जस्तो हुर्कियौं । वल्लो घर, पल्लो घर । एउटै परिवेश । घरको नाता स“गै एउटै मावलीको सम्बन्धले पनि शायद होला, झनै निकट थियौं, हामी । झगडा पनि भईरहन्थ्यो, मेलमिलाप पनि त्यस्तै । सानो छँदा, बिहान बिहानै रवि अंकल, सिगान पुछदैं हाम्रो घर आ“उथे, पढन । हाम्रो बुवाले हामी सबैलाई पढाउने । अलि समयपछि, मेरो दाईले, त्यसको केहि समयपछि मैले पनि पढाए, रवि अंकललाई । रवि अंकल र हाम्रो घरमा बस्ने फुपुको छोरा कुलदिप बस्नेत, एउटै कक्षामा पढथे ।

कहिलेकाहि भित्रघरका कुलदिप भाई पनि आउथे, पढन । होमवर्क समयमा नगरेपछि वा नपढेको खण्डमा, कान समातेर उठबसको सजाय हुन्थ्यो । पहिलेदेखि अलि अन्र्तमुखी भावका रवि अंकल, उठबस गर्दागर्दै आँसु झाथ्र्ये, तर केहि बोल्दैनथे । त्यो, बाल्यकाल एउटा अध्याय थियो । त्यसरी चल्दै थियो, जिन्दगी । नातामा ठुलो भएपनि, आफुभन्दा सानो भएकोले रवि अंकललाई धेरै समय पछि सम्म पनि ‘त’ नै भनेर सम्बोधन गथ्र्ये, म । पछि ठुलो भएपछि नाता अनुरुप सम्मान गर्न थालियो, अंकललाई ।

जिवनको गोरेटोमा अध्ययनका लागि म काठमाडौं आएको चार÷पा“च बर्षको अन्तरालमा रवि अंकल पनि काठमाण्डौं आए, अध्ययनका लागि । पछि सँगै बस्न थाल्यौं, घट्टेकुलोमा । त्यहि दौरान, विभिन्न समयमा बाबुघरका श्याम दाई, रवि दाई, प्रकाश भाई, अनि दिपक कार्की भाई, नवराज दाई, सालघारीका प्रकाश अंकल सँगसँगै सुखदुख सगैं झेलियो । सर्घषको जिवनको धकेल्दै गईयो, नयाँ जिवनको आशै आशमा । परिचित हुन वा अन्जान, अर्कालाई एकदमै सम्मान गर्न जान्ने, सानालाई माया गर्ने संस्कार बोकेका रवि अंकल, अन्र्तमुखी स्वभाव भएका कारण सित्तिमित्ती आफनो समस्या कसैलाई भन्दैनथे । त्यसको उल्टो, मेरो भने खुलस्त हुने स्वभाव ।

आज यो ह्दयविदारक घटनाको बीच धेरै पहिले घटेको एउटा घटना मेरो मानसपलटमा हिजो राती एक्कासी आयो । मनै थाम्न सकिन । आज भन्दा १९ बर्ष अघिको घटना हो, त्यो । सन १९९८ को विश्वकप फुटबल फ्रान्समा चल्दैथियो । काठमाण्डौंमा हाम्रो डेरामा टिभी थिएन, पल्लो कोठामा मधेशतिरका एक सज्जन बस्थे, परिवार सहित । त्यहि गएर रातभर फुटबल, श्यामश्वेत टिभीमा हेन्थ्यौं । कहिलेकांहि मैतीदेवी मन्दिर नजिकै बस्ने हरिकृष्ण दाईको डेरामा जान्थ्यौं, फुटबल हेन्थ्र्याै, अनि भिम दाईले खाना बनाउँथे, त्यतै खाना खान्थ्यौं । त्यसैक्रममा, एकदिन दिउ“सो रवि अंकलले डेरा नजिकै एउटा रेन्टुरेन्टमा चाउचाउ र अण्डाको नास्ता खाएर आएछन् ।

काठमाण्डौं पानी त्यस्तै त हो । अनि रातीदेखि पखाला लागेछ । के भो भन्दा, अलि ‘पेट गडबड’ भयो मात्र भन्ने । अस्पताल जा“उ भन्दा, केहि भा छैन्, भनिरहे रवि अंकलले । भोलिपल्ट समस्याले च्यापिसकेछ । झाडाबान्ता भईसकेको रहेछ तर पनि खुलेर केहि नभन्ने बानी । तल्लो तलामा थियो, शौचालय । शौचालय गएर फर्कदा, कमजोर भएर सिढी उक्लिन नसकेर भुईमा लडेछन्, अंकल । घरबेटीले खबर गरेपछि हामी हतार हतार तल झर्यौं । आँखा भरि आँसु पारेर म तिर हेर्दै रवि अंकलले भने‘ दिनेश, अस्पताल जानु पर्यो । मर्छु कि क्या हो ।’
मैले भने ‘केहि हुदैन् हजुरलाई, हामी छौं नी, अस्पताल लिईहाल्छौं नी ।’

लगत्तै पिपलडाँडाका कान्छे अंकल (ओमजंग), दौडेर मैतीदेवी चोकमा पुगेर टयँक्सी बोलाएर ल्याए । मैले र खगेनकोट दल्लीका मित्र लक्ष्मण सिंहले बोकेर टयाक्सीमा राख्यौं । टेकु अस्पताल पु¥यायौं । डाक्टरले काठमाण्डौं भित्रै रहेर पनि यति ढिलो ल्याउने भन्दै रिसाए । झण्डै दश-बाह्र बोत्तल स्लाईन पानी चढाएपछि, अलि बिसेक भयो । रातभर अस्पतालमा कुर्यौं । भोलिपल्टको साँझ डिस्चार्ज भएपछि हामी सबै फक्र्याै, डेरा ।

अहिले म सोच्दैछु । कतै त्यहि अन्र्तमुखी स्वभाव, रवि अंकलको अभिशाप त भएन । यो विझत्स घटना अघि, अनिष्टबारेको संकेत त आएको थियो होला, अथवा धम्की आएको थियो होला कि । केहि बोलेको भए हुन्थ्यो कि, परिवार स“ग, साथीभाई सँग वा राज्य सँग । मिडिया मार्फत सार्वजनिक भएको भए, यो अनर्थ टथ्र्याे कि । केहि सजकता अपनाएको भए, यस्तो अनिष्ट हुदैनथ्यो कि । खै के भनौं, अनिष्ट भयो । यस्तो सुन्नु प¥यो । देख्नु प¥यो । मन भित्र भित्रै लाग्छ, घटना हुदाँ सँगै भईदिएको भए, के गर्न सकिन्थ्यो कि । कसैले अलिकति प्रतिकार गरेको भए, ज्यान बच्न सक्थ्यो कि । यो अन्र्तमनको कुरा…. । बिडम्बना, हुने हार….. दैव नटार ।

जिवन अनुमानै गर्न नसकिने एउटा यात्रा हो । एउटा नया“ जिवनको खोजीमा दश बर्षअघि अमेरिकामा आएपछि, धेरै रुपले जन्मथलो स“गको सामिप्यतामा दुरी बढयो । यसका विविध कारणहरु छन्, कुनै दिन गाथाहरु लेखौंला । तैपनि कहिलेकाहि कुरा हुन्थ्यो, रवि स“ग । कुरैकुरामा कहिलेकाहि अमेरिकाबाट केहि चाहिन्छ, चाचु भन्दा, उनीले जहिले पनि एउटा वाक्य दोर्याईरहन्थ्ये, ‘ठिक छ, दिनेश । अहिलेलाई खासै केहि चाहिएको छैन् ।’ धेरै बर्षपछि नेपाल गएको बेला, गत दशैंको टिकाको लगत्तै, एक दिनको लागी जाजरकोट पुग्दा, दिनभर अनि साँझ पनि हामी स“गै थियौं । भोलीपल्ट बिहान कुल देउताको मन्दिरमा पुजा ग¥यौं । दिउ“सो नेपालगंज फर्किने बेलामा, पहिलोपटक म सँग केहि अनुरोध गरे जस्तो गरे रवि अंकलले । त्यो पनि कुरा घुमाएर । अमेरिकामा कति पर्छ, आईफोनको मोल भनेर सोधे । ‘७५-८० हजार नेपाली रुपियाँ पर्छ’ मैले भने, अनि प्रश्न गरे ‘किन? आईफोन चाहियो र ।’

रवि अंकलले भने ‘नयाँ होईन, पुरानो भएपनि हुन्छ । कति पर्छ, एउटा पठाईदिनु त, दिनेश । यहाँ स्यान दाई’ (मेरो बुवा) लाई पैसा दिईदिउला ।’

म केहि झोक्किए, अनि भने‘ हजुर सँग पनि पैसा लिन्छु र । कस्तो कुरो गरेको ।’ मैले चलाईरहेको आईफोन ६ प्लस दिदै भने‘ यहि राखिस्यो न त । यो फोन ‘अनलक’ पनि छ, यहाँ चलिहाल्छ । म अर्काे अमेरिकामै किनौला ।’ तर उनले लिनै मानेनन् । ‘नेपाल बसुन्जेल तिमीलाई चाहिएला, मलाई एउटा पुरानो पठाईदिनु नी, अलि पछि’ रविले भने । मैले पुरानो होईन्, नयाँ नै दिने वाचा गरेको थिए, त्यतिबेला । मेरो वाचा पुरा गर्ने त्यो दिन, अब कहिले नफर्कने गरेर अतितमा बिलाएको छ । अहिले त्यो क्षण सम्झदा, मन भक्कानेर आउँछ । जिप चढने बेला, सिटिजन बैंक अघिको भेट, अन्तत जिवनकै अन्तिम बन्यो । ‘शुभयात्रा दिनेश’ भनेर हात हल्लाएका, अंकल, अब फेरि कहिलैं भेटिने छैनन् । यसपटक यस्तै भयो, अर्काेपटक जाजरकोट आउँदा साथी भाई जमघट, रमाईलो गर्नुपर्छ भनि मैले अंकललाई वचन दिएको थिए । तर…. कठै, दैवको लिला ।

मृत्यु मानवीय जिवनको शाश्वत पक्ष हो तैपनि, आफन्त प्रियजनको अवसानले सबैका लागि मर्माहात नै हुन्छ । लाउ लाउ, खाँउ खाँउ उमेरका मृदभाषी, मिलनसार, के रचनात्मक काम गरौं भन्ने भावनाका अंकल माथि, पापिष्टहरुले जसरी प्रहार गरे, त्यसले यो मन झनै छिया छिया भएको छ । भौगोलिकरुपमा धेरै टाढा हुँदा, पिडा झनै थपिएको महशुस हुदैछ । यो दुखमा ८० उमेरको हाराहारीमा जिजुबुवा, जिजुमुवालाई सम्झिदा“, मनै स्तब्ध बन्छ । आफुलाई सम्हाल्न गाह्रो ठान्छु । केहि महिनाअघि मात्र होनहार ज्वाँई गुमाएका, उहाँहरुमा कस्तो गुज्रिएको होला, शायदै कल्पना गर्न सकिएला । हे प्रभु, सहने शक्ति देउ । भगवान, अब आईन्दा यस्तो अनर्थ कसैमाथि नपरोस ।
अपराधीहरु, सजायको भागीदार बनेको चाँडै हेर्न र सुन्न पाईयोस ।

अंकलको आत्माले शान्ति पाओस, स्वर्गवास होस । कामना गरौं, परिवारमा आएको विपतलाई समयले पुर्नेछ, घाउमा खाटा लाग्नेछन । जिवन हो, यसलाई जिउनु नै छ ।
प्रिय रवि अंकल, अलबिदा, अलबिदा, अलबिदा

जाजरकोट, खलंगा, थाप्ले
हालः न्युयोर्क, अमेरिका

——————————————

                            रविन्द्र शम्सेर शाहका हत्यारा प्रशासनले पत्ता लगाउन किन ढिला गर्यो ?

                                    कसले हत्या गर्यो समाजसेवी तथा युवा नेता रविन्द्र शम्सेर शाहलाइ ?

 

Leave a comment

Your email address will not be published.


*