18 October 2017|   बुधबार, कार्तिक १, २०७४

भान्सा छुँदा झन्डै ज्यान गयो

          |   प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७३     5:40:59 PM  | 147 पटक पढिएको   |  

सुर्खेत: भान्सा छोएको निहुँमा सुर्खेतमा एक दलित बालक कुटिएका छन् । सुर्खेतको बराहा गाँउपालिका वडा नं ८ कुनाथरीमा जातीय बिभेदका नाममा घरमा भात छोएको निहुमा ९ वर्षिय एक दलित बबलक कुटिएका हुन् ।

बहारा गाँउपलिका वडा नं ८ का बरडाँडा माध्यमिक विद्यालय कुम्भिकोटमा कक्षा ३ अध्ययनरत छात्र भिमबहादुर बिकलाई सोही गाँउका भरत शाही र उनकी आमा बाटु शाहीले कुटपिट गरि बेहोस बनाएका हुुन् ।

                                                अडियो सुन्न तलको भिडियोमा क्लिक गर्नुहोस् ।

भीमबहादुरकी आमा जयसराका अनुसार पहिला घरभित्र समान ल्याउन पठाएर पछि किन भान्सा छोइस भन्दै साझको लौरोले कुटेको बताईन।

जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन आएकी जयसराका अनुसार छोरालाई बेहोस हुनेगरी कुटेर घरमा ल्याएर छोडेका थिए ।
जयसराले भन्नुभयो, ‘आफु गोठालो गएको थिए, फर्किदा छोरो घरमा बेहोस अवस्थामा थियो’। भीबहादुरलाई अन्दाजी २२ वर्षिय भरत शाहीले निल डाम बस्ने गरी बुधबार कुटेका थिए ।

कुटिएको छोरालाई राती घरमा घरेलु औषधी लगाएको र भोलिपल्ट मध्यपश्चि क्षेत्रीय अस्पताल कालागाँउमा ल्याएर उपचार गरेको बताईन । कुटपिटका कारण छोरो अझै राम्रोसंग हिडडुल गर्न नसकेको पनि उनको भनाई छ । जातिय छुवाछुत विरुद्ध जयसराले न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता समेत गरेकि छन् ।

साभारः रिपोर्टर्स नेपाल

Leave a comment

Your email address will not be published.


*