20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

साम्राज्ञी र सलिनमानको जोडी ‘ए मेरो हजुर २’ मा देखियो हट (भिडियो सहित)

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, चैत्र १७, २०७३     6:08:23 PM  | 181 पटक पढिएको   |  

काठमाडाैंः अभिनेत्री झरना थापाको डेब्यू निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर-२’ को शीर्ष गीत झरना थापाको जन्मदिन पारेर गएको आइतबार रिलिज गरियो ।

आइतबार रिलिज भएको यो गीतले युट्युबमा अत्यधिक दर्शक पाएको छ । रिलिज भएको एक दिनमै युट्युबमा ट्रेण्डिङमा एक नम्बर कब्जा गरेको यो गीतलाई यो समाचार तयार पर्दासम्म ८ लाख ३८ हजार भन्दा धेरै पटक हेरिएको छ ।

गीतमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक सलिनमान बानियाको केमेष्ट्रिलाई दर्शकले खुबै रुचाएका छन् । सुनिल कुमार थापाको निर्माण र झरना थापाको निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर-२’ को शीर्ष गीतमा कल्याण सिंहको संगीत, सुगम पोखरेलको आवाज र डा.कृष्णहरी बरालका शब्दहरु छन् ।

२०७४ सालको भदौ १६ लाई प्रदर्शन मिती तय गरेको यो चलचित्रमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नवनायक सलिनमान बानियाको मुख्य भूमिका छ ।

गीत र रिलिज मिती सार्वजनिक गर्नको लागि आयोजना गरिएको कार्यक्रममा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले सिनेमाको लागि आफूले खुबै मेहनत गरेको र मेहनत अनुसार चलचित्र पनि राम्रो बनेको बताएकी थिईन् ।

साभारः उज्यालो अनलाइन

Leave a comment

Your email address will not be published.


*