23 October 2017|   सोमवार, कार्तिक ६, २०७४

समाजसेवी तथा युवा नेता शाहको दाहसंस्कार केहीबेरमा हुदै

शाह हत्याको अनुसन्धानका लागि एसएसपी महेश विक्रम शाह जाजरकोटमा

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, चैत्र १७, २०७३     11:27:37 AM  | 344 पटक पढिएको   |  

जाजरकोटः मंगलबार बेलुकी अज्ञात समुहले हत्या गरेका भनिएका समाजसेवी तथा युवा नेता रविन्द्र शम्सेर शाहको दाहसंस्कार अहिले केही बेरमा हुने भएको छ ।

मृतक शाहको शव आज (बिहीबार) बिहान जिल्ला अस्पतालमा पोष्टमार्टम गरी मृतक शाहको भेरीमालिका ३ थाप्ले स्थित घरमा ल्याईने र तत्पश्चात थाप्ले स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा सम्मान गरी दाहसंस्कारका लागि भेरी नदी किनार स्थित शिवालयमा लगेर दाहसंस्कार गरिने भएको छ ।

कसले गर्यो शाहको हत्या हेर्नुहोस् भिडियो

शाहका हत्याराको खोजी तथा अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि क्षेत्रीय प्रहरी कार्यालयका एसएसपी महेश विक्रम शाह बुधबार नै जाजरकोट आइपुगेका छन् ।

   रविन्द्र शाहको हत्यारा पत्ता लगाउन सकेन प्रशासनले किन ? हेर्नुहोस् भिडियो ।

Leave a comment

Your email address will not be published.


*