22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

अज्ञात समूहकाे कुटपिटबाट कांग्रेसका युवा नेताकाे हत्या

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः मङ्लबार, चैत्र १५, २०७३     8:39:29 PM  | 1049 पटक पढिएको   |  

जाजरकाेटः आज जाजरकोटमा कांग्रेसका युवा नेता रविन्द्र शम्सेर शाहको अज्ञात समूहको कुटपिटबाट हत्या भएको छ । तल्लो थाप्ले स्थित जिल्ला अस्पताल तलको जंगलमा अकस्मात अज्ञात कमूहले आक्रमण गरी अनुहार र टाउकोमा ढुंगाले हानेर भिरबाट लडाएर शाहको हत्या भएको बताईएको छ । शाह सँगै रहेका स्थानिय हिटलर सिंह राठौर भागेर बाँच्न सफल भएको पत्रकार भिम बहादुर सिंहले जानकारी दिनु भयो । यो समाचार तयार पार्दासम्म मृतक शाहको शव जिल्ला अस्पताल जाजरकोट पु¥र्याइएको छ । शाह पाँच तारा युवा संरक्षण मञ्च जाजरकोट अध्यक्ष समेत हुनुहुन्थ्यो ।

Leave a comment

Your email address will not be published.


*