20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

सर्वोच्चको फैसलापछि आज बस्दैछ मन्त्रीपरिषद् वैठक, नयाँ आइजिपि नियुक्त होलान् ?

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बुधबार, चैत्र ९, २०७३     10:16:30 AM  | 123 पटक पढिएको   |  

काठमाडौंःआइजीपी प्रकरणमा सर्वोच्चको फैसलापछि आज मन्त्रीपरिषद्को वैठक बस्दैछ । साँझ ५ बजे मन्त्रीपरिषद् वैठक बस्न थालेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
यस अघि मन्त्रीपरिषद् वैठकले डीआइजी जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई मंगलवार अदालतले बदर गरेको थियो ।
अदालतको यो फैसलापछि सरकारले मन्त्रीपरिषद् वैठकबाट नयाँ आइजीपी नियुक्त गर्नेछ । तर, आजको मन्त्रीपरिषद् वैठकबाट भने यस्तो निर्णय आउने सम्भावना कम छ ।
सर्वोच्चको पूर्ण इजलासले वरिष्ठता र कार्यसम्पादन क्षमताको आधारमा डिआइजी नवराज सिलवाललाई आईजिपिमा नियुक्त गर्न परामादेश दिएको छ ।
सूत्रका अनुसार चन्द र सिलवाल दुवै झगडिया भएको भन्दै अर्का डिआइजी प्रकाश अर्याललाई आइजिपि बनाउन सकिन–नसकिने विषयमा सत्तारुढ काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग संवाद गरेका छन् ।
स्रोतका अनुसार सर्वोच्चको फैसला आएको आधा घण्टामै काँग्रेस सभापति देउवा बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । उक्त भेटमा देउवाले कार्यकारी सरकारको निर्णयमा अदालतले हस्तक्षेप गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।
स्रोतका अनुसार भेटमा देउवाले ‘आबश्यक परे प्रधानन्यायाधीस विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउन सक्ने’ सम्मको आफ्नो सोच रहेको प्रधानमन्त्री प्रचण्डलाई बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले काँग्रेस सभापति देउवाको दवावमा चन्दलाई आइजिपि बनाएको समाचार यस अघि प्रकाशित भएका थिए ।

आइजिपी नियुक्तिबारे ६ आधार

नियमावलीको दफा ४१ मा भनिएको छ, ‘ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ।’

आजको मन्त्रीपरिषद् वैठकमा के हुन्छ ?
–सर्वोच्चको फैसलापछि सरकारको नयाँ रणनीतिवारे छलफल हुनेछ ।
–भोलिदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्नेछ ।
–प्रधानमन्त्री भोलि साता दिने औपचारिक भ्रमणमा चीन जाँदैछन् ।
–उनले बोआओ सम्मेलनको मञ्चलाई सम्बोधन गर्नेछन् ।
–१४ चैत्रमा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

साभारः राताेपाटी

Leave a comment

Your email address will not be published.


*