20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

सप्तरीमा प्रहरीको गोलीबाट मर्नेको संख्या ७ पुग्यो

सप्तरी भिडन्त

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७३     7:20:59 AM  | 151 पटक पढिएको   |  

सप्तरीः एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा प्रहरीको गोली लागी अहिलेसम्म मर्नेको संख्या सात पुगेको छ ।

प्रहरीको गोली लागेर अहिलेसम्म सात मोर्चाका  जना कार्यकर्ताको मृत्यु भएको मोर्चाका एक स्थानीय नेताले  जानकारी दिए ।

मधेशमा भइरहेको हत्या, हिंसाको विरोधमा मधेशी मोर्चाले दुईदिने मधेश बन्दको घोषणा गरेको छ । मधेशी युवाहरुले मधेशी मोर्चाले संसद्बाट सामूहिक राजीनामा दिनुपर्ने मागसमेत गर्न थालेका छन् ।

यसैबीच, एमालेका प्रचार विभागका सचिव विष्णु रिजालले तीन दिनका लागि पार्टीको मेची महाकाली अभियानको कार्यक्रम पनि स्थगित गरिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । एमाले नेता शंकर पोखरेलले आजको घटनाप्रति दुःख व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनले एमाले स्थायी कमिटीको आकस्मिक बैठकले षड्यन्त्र भएको निश्कर्ष निकालेको पनि बताए ।

झडपको क्रममा प्रहरीले आफ्नो तर्फ २० जना घाइते भएको बताएको छ ।

ज्यान गुमाएकाहरु :
सञ्जन मेहता
दीगम्बर यादव
पीताम्बर मण्डल
आनन्द साह
अजय साह
अवधेश ठाकुर
सञ्जय मेहता

 

Leave a comment

Your email address will not be published.


*