21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

स्व. पत्रकार शाहीकी श्रीमतिलाइ विनाको सहयोग

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३     9:08:25 PM  | 160 पटक पढिएको   |  

20170223_135358जाजरकोट, २२ फागुन । दुइ वर्ष अघि निधन भएका जाजरकोटका पत्रकार वीरवहादुर शाहीको छोराछोरीको पढाइका लागि अमेरीकामा वस्ने विना वोगटीले सहयोग गरेकी छिन् । २०७१ माघ १९ गते नायकवाडामा शाहीको निधन भएको थियो ।

शाहीको निधन पछि विचल्लीमा परेका सन्तानको पढाइका लागि भन्दै विनाले नगद १० हजार सहयोग गरेकी हुन् । नेपाल पत्रकार महासंघ जाजरकोटको पाचौ जिल्ला अधिवेसनको अवसर पारेर महासंघका केन्द्रिय सचिव प्रभात चलाउने र जिल्ला अध्यक्ष जनक केसीले संयुक्त रुपमा वोगटीवाट प्राप्त दस हजार नगद स्व. पत्रकार शाहीकी श्रीमति सरस्वती शाहीलाइ हस्तान्तरण गरे ।

महासंघका जिल्ला अध्यक्ष केसीको सम्पर्कमा विनाले यस अघि पनि २५ हजार सहयोग गरिसकेकी छिन् भने, स्व. शाहीका छोराको पढाइका लागि वर्षेनी २५ हजारका दरले सहयोग गर्ने विनाले वताएकी छिन् । विपतमा परेकाहरुको सहयोग गर्नु आफनो कर्तव्य सम्झेर स्व. पत्रकार शाहीका छोराहरुको १० कक्षा सम्मको पढाइका लागि सहयोग गर्ने निर्णय गरेको वोगटीले वताइन् ।

वोगटीको सहयोगी मनको कार्यक्रममा सवैले प्रशंसा गरेका थिए । विनाको सहयोगले आफना छोराहरुलाइ पढाउन राम्रो सहयोग पुगेको स्व.शाहीकी श्रीमति सरस्वती शाहीले वताइन् । शाहीको निधनपछि श्रीमति र छोराछोरीको सहयोगका लागि नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले ५० हजार, जिल्ला शाखाले १५ हजार, जिल्ला शाखाका अध्यक्ष जनक केसीले ५ हजार सहयोग गरेका छन् । स्वर्गिय शाहीका दुइ छोरा र श्रीमति छन् । अवस्था निकै कम्जोर भएका कारण शाहीका श्रमति र छोराछोरी समस्यामा रहेको वताइएको छ ।

Leave a comment

Your email address will not be published.


*