21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

फोनिज जाजरकोट शाखाको संयोजकमा घर्ती

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३     8:46:27 AM  | 157 पटक पढिएको   |  

जाजरकोटः नेपालमा आदिमकाल देखि बसोबास गर्दै आएका आदिवासी जनजातीको पक्षमा कलम चलाउँदै आएका पत्रकारहरुको जिल्लामा तदर्थ समिति गठन गरिएको छ ।

बुधबार भएको पत्रकारहरुको भेलाले रामचन्द्र घर्ती मगरको संयोजकत्वमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जाजरकोट शाखाको तदर्थ समिति गठन गरिएको हो ।
रामचन्द्र घर्ती मगरको संयोजकत्वमा नौं सदस्यीय तदर्थ समिति गठन गरिएको छ । सदस्यमा दीपबहादुर घर्ती मगर (डिजिटल सञ्चार), नरेश राना मगर (नलगाड न्युज), दिनेश श्रेष्ठ (एभन्युज टेलिभिजन), राजु शाक्य, छत्र घर्ती मगर, तुल्सीप्रकाश घर्ती मगर (रेडियो खलंगा एफ.एफ.), विनोदकुमार घर्ती मगर (युगआह्वान), र राजेन्द्र पुन मगर रहेका छन् ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जाजरकोट शाखालाई पूर्णता दिन केही महिना भित्र अधिवेशनको आयोजना गरिने संयोजक घर्ती मगरले बताएका छन् ।

Leave a comment

Your email address will not be published.


*