22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

पत्रकार माथि दुर्व्यवहार गर्ने प्रहरी नियन्त्रणमा

        ई-खबर अनलाइन खबर   |   प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३     8:40:42 AM  | 253 पटक पढिएको   |  

16991961_408847866128698_159385297462367410_oजाजरकोटः समाचार संकलनको क्रममा भेरीमालिका नगरपालिका ४, गैरीखालीमा गएको अवस्थामा युगआह्वान प्रतिनिधि विनोद घर्ती माथि दुर्व्यवहार भएको छ । दुर्व्यवहार गर्ने शेर जंग शाहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान जारी राखेको छ ।

पत्रकार घर्ती लामो समय देखी युग आह्वान पत्रीकामा आवद्ध छन । स्वतन्त्र र निर्भयता पुर्वक सामाचार संकलन गर्ने वातावरण सिर्जना गर्न प्रहरी प्रशासनलाई युगआह्वान दैनिक पत्रिकाले अनुरोध  गरेको छ । दोषी माथी कार्बाहीको लागि युगआह्वान पत्रिकाले माग गरेको छ ।

पत्रकार घर्ती समाचार संकलनको क्रममा भेरीमालिका–३, ठाँटीबाजारबाट, भेरीमालिका–४, गैरीखाली जादै गर्दा बाटोमा मुनलाईट आर्ट भएको घरको नजिकै  शेर जंग शाहले मदिरा सेवन गरेर पत्रकार घर्तीलाई एक्कासी हात हालेपछि पत्रकार घर्तीले प्रहरीलाइ खबर गरेका थिए ।

साभारः डिजिटल संचार

Leave a comment

Your email address will not be published.


*