20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

उपत्यकामा सवारी रुट फेरिँदै

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शुक्रबार, फाल्गुन १३, २०७३     11:54:05 AM  | 125 पटक पढिएको   |  

काठमाडौं: यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनको रुट घटाउने तयारी गरेको छ। धेरै रुटको कारण पनि ट्राफिक जाम बढेको र सर्वसाधरणले सहज यात्रा गर्न नपाएको निष्कर्ष निकाल्दै विभाग रुट व्यवस्थापन गर्न लागेको हो। विभागको तथ्यांकअनुसार अहिले काठमाडौं उपत्यकामा झण्डै २ सय वटा रुट निर्धारण गरिएको छ। यी रुटमा झण्डै ११ हजार गाडी गुड्छन्। ११ लाख सर्वसाधारणको ओहोरदोहोरको लागि तुलनात्मक रूपमा ११ हजार गाडी पर्याप्त भए पनि धेरै रुट र साना गाडीका भएका कारण असुविधा देखिएको विभागको बुझाइ छ। काठमाडौं उपत्याकामा झण्डै ४० लाख जनसंख्या रहेको अनुमान छ। यीमध्ये ११ लाख सर्वसाधरण सार्वजनिक सवारी साधनमा यात्रा गर्छन्। यी ११ लाखलाई ओहोरदोहोर गराउन झण्डै ११ हजार गाडी रहे पनि सहज देखिएको छैन’,यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले थाहा खबरसँग भने। पाण्डे भन्छन् ‘सहज यात्राको लागि रुट व्यवस्थापन पनि प्रमुख कुरा हो, अहिले भएका रुटलाई घटाएर वैज्ञानिक तवरले रुट कायम गर्न विभागको ध्यान गएको छ’। उनका अनुसार अहिले उपत्यकामा रहेका दुई सय रुट घटाएर ६६ वटामा सीमित गरिँदैछ। विभागको योजनाअनुसार रुट व्यवस्थापन योजना बनाई दीर्घकालीन शहरी यातायात आयोजना (केएसयुटपी)ले यातायात विभागमा पठाएको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालन गरिएको केएसयुटपीले तीन तहका ६६ वटा रुट बनाएर विभागमा एक महिना अगावै पठाएको हो। त्यही केएसयुटपीले पठाएको रुटको आधारमा रुट व्यवस्थापन गर्ने तयारीमा विभाग छ। नयाँ गाडीहरूलाई केएसयुटपीले निर्धारण गरेको रुटको आधारमा अनुमति दिएको विभागले अझै सबै यिनै रुट कायम गर्ने विषयलाई अन्तिम रूप दिन सकेको छैन। तथापि यी तीन प्राथमिकता दिएर बनाइएका रुट दिर्घकालीन हुनसक्ने यातायात व्यवस्था विभागका अधिकारीहरुले बताएका छन्।

 

Leave a comment

Your email address will not be published.


*