20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

पर्यटनमन्त्रीद्वारा सुर्खेत विमानस्थलको निरीक्षण

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बुधबार, फाल्गुन ११, २०७३     7:42:00 PM  | 139 पटक पढिएको   |  

सुर्खेत,  । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले बुधवार सुर्खेत विमानस्थलको निरीक्षण गरेका छन् । उनले प्रदेश नं. ६ को मुख्य विमानस्थल सुर्खेत भएको भन्दै सरकारले एउटा ट्वीनटर विमान कर्णालीलाई लक्षित गरी सुर्खेतमै राख्ने र चालकहरुको पदपूर्ति आव्हान गरेकोले पदपूर्ति हुने वित्तिक्कै नियमित उडान गर्ने जानकारी दिए ।

सुर्खेत विमानस्थल ६ नं. प्रदेशको उत्कृष्ट विमानस्थल बनाउनका लागि अहिले मर्मत तथा सम्भार थालिएको छ । मन्त्री शाहीको पहलबाट आधा करोड बढी रकम यस विमानस्थलको स्वरुप र संरचना मर्मतका लागि छुट्यार्इ कामपनि जारी राखिएको छ ।

सुर्खेतकै छिन्चुमा बनाउने भनिएको क्षेत्रीय अन्तर्राष्टिूय विमानस्थलको अहिले सर्वे भइरहेको र निर्माणका लागि अझ ८-१० बर्ष लाग्ने भएकोले त्यतिबेलासम्म सुर्खेत विमानस्थल नियमितरुपमा संचालन भइरहन मर्मत सम्भार गरिएको मन्त्री शाहीले बताए ।


यसैगरी मन्त्री शाहीले सुर्खेतमा समग्र प्रदेश नं. ६ को पर्यटन विकास गर्नका लागि सुर्खेतमा पर्यटन कार्यालय पनि खोल्ने तयारी भइरहेको बताएका छन् । यस क्षेत्रमा पर्यटनको सम्भावना थुप्रै भएकोले पर्यटन कार्यालय खोली विकासको मार्गचित्र बनाउने र विकास थालिने उनको भनाइ छ ।

Leave a comment

Your email address will not be published.


*