18 October 2017|   बुधबार, कार्तिक १, २०७४

राप्रपामा बुद्धिमान पहिलो, कोमल तेस्रो

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बुधबार, फाल्गुन ११, २०७३     8:18:48 AM  | 159 पटक पढिएको   |  

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको मतदानमा बुद्धिमान तामाङले सबैभन्दा बढी मत पाएर जित हात पारेका छन् । चर्चामा रहेकी गायिका कोमल ओली तेस्रो स्थान हात पार्दै केन्द्रीय सदस्यमा विजयी भएकी छिन् ।

महाधिवेशनमा कोमल ओलीको चर्चा व्यापक देखिए पनि उनीभन्दा अगाडि विक्रम पाण्डेले दोस्रो स्थान ल्याएर जीत हात पारेका छन् ।

बाँकेका चर्चित नेता धवलसमशेर राणाले चौथो स्थानसहित केन्द्रीय सदस्यमा जीत हात पारेका छन् भने झापाली नेता राजेन्द्र लिङदेनले पाँचौं स्थानसहित जित हात पारेका छन् ।

महिलाकोटाबाट उम्मेद्वारी दिएकी नायिका रेखा थापाले पनि राप्रपाको केन्द्रीय सदस्यमा जित हात पारेकी छिन् ।

राप्रपाका संस्थापक नेता स्व. सूर्यबहादुर थापाका छोरा सुनील थापा पनि विजयी भएका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दले पनि जितेका छन् ।

मतदानमा ३ हजार २ सय ९७ जना महाधिवेशन प्रतिनिधि सहभागी थिए ।

राप्रपामा ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । अध्यक्षमा कमल थापा यसअघि नै निर्वाचित भैसक्नुभएको छ । दुई राप्रपाको एकतापछि भएको महाधिवेशन बुधबार सकिंदैछ ।

Leave a comment

Your email address will not be published.


*