21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

आइजीपी नियुक्ति विवादको सुनुवाइ आज

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बुधबार, फाल्गुन ११, २०७३     8:07:41 AM  | 127 पटक पढिएको   |  

काठमाण्डौं :सर्बोच्च अदालतसम्म पुगेको नेपाल प्रहरी आइजीपी नियुक्तिको विवादबारे आज सुनुवाइ हुँदैछ । डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयसँगै सर्बोच्च अदालतले यथास्थितिमा राख्न दिएको अन्तरिम आदेशको सुनुवाइ आज हुन लागेको हो ।

सरकारले तेस्रो बरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि अधिवक्ता कपिलदेव ढकालले सर्बोच्चमा रिट दायर गरेका थिए । त्यसपछि पहिलो बरियताका डिआइजी नवराज सिलवालले पनि आफू आइजीपी हुन किन नसक्ने भन्दै अर्को रिट दायर गरेका थिए ।

प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलासमा यस मुद्दाको सुनुवाइ हुनेछ ।

Leave a comment

Your email address will not be published.


*