22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन १०, २०७३     6:29:13 PM  | 138 पटक पढिएको   |  

काठमाण्डौं : सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ अस्पताल भर्ना भएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका पुनको धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । भाइरल ज्वरो आएपछि उनी अस्पताल भर्ना भएका हुन्।

उनी अहिले नर्सिङ केयर र मोनिटरमा छन् ।

यसअघि जण्डिस बिग्रिएपछि अनन्तलाई भारतको नयाँदिल्ली र थाइल्याण्डको बैंककमा लगेर उपचार गरिएको थियो । उनी बैंककमा उपचार गरेर गत वर्ष माघमा स्वदेश फर्किएका थिए ।

Leave a comment

Your email address will not be published.


*