18 October 2017|   बुधबार, कार्तिक १, २०७४

मधेशी मोर्चाको बैठक आज

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, फाल्गुन ९, २०७३     9:57:36 AM  | 110 पटक पढिएको   |  

काठमाण्डौं : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्दै छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रिय कार्यालय बिजुलीबजारमा दिउँसो २ बजे बस्ने बैठकमा निर्वाचन र समसामयिक राजनितिबारे छलफल हुँदैछ ।
हिजो प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको संख्या थप्ने आश्वासन दिएपछि मोर्चा निर्बाचनका लागि सकारात्मक भएको छ ।
निर्वाचनको मिति घोषणा भएपछि मात्रै मोर्चाले धारणा सार्वजनिक गर्ने बताएको छ ।
सोमबारको बैठकमा प्रधानमन्त्रीको आश्वासनका बिषयमा मोर्चाले आधिकारीक धारणा तय गर्ने सद्रभावनाका महासचिव मनिस कुमार सुमनले जानकारी दिए ।

Leave a comment

Your email address will not be published.


*