21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

राप्रपा अध्यक्षमा थापा र राणा भिड्दै

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, फाल्गुन ९, २०७३     9:56:28 AM  | 140 पटक पढिएको   |  

काठमाण्डौं : राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्व चयनका लागि सोमबा (आज) मतदान हुँदैछ ।

राजधानीमा जारी महाधिवेशनमा अध्यक्ष र केन्द्रीय सदस्य चयन गर्न मतदान हुन लागेको हो । अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणाबीच प्रतिष्पर्धा हुँदैछ । यअसघि पार्टीका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका थिए । तर, शीर्ष नेताहरुबीच भएको सहमतीलाई निरन्तरता दिन प्रतिनिधीहरुबाट चर्काे दवाव आएपछि लोहनी पछि हटेका छन् । लोहनी पछि हटेपछि काठमाण्डांै क्षेत्र नम्बर ७ का अध्यक्ष राणाले थापासँग केन्द्रीय अध्यक्षका लागि प्रतिष्पर्धा गर्दै छन् ।

केन्द्रीय सदस्यका लागि भने ३ सय ६५ जनाको उम्मेदावारी परेको छ । मतदानबाट ९८ जना केन्द्रीय सदस्य चुनिनेछन् । खुला ४०, मधेसी ७, आदिवासी जनजाती ९, उत्पीडित २, मुस्लिम २, कर्णाली १, थारु १, प्रवास २ र पिछडिएको क्षेत्रबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुने नेता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले विद्युतीय भोटिङ मेसिनको प्रयोग गरि मतदान हुनेछ ।

Leave a comment

Your email address will not be published.


*