21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

रेकर्ड ब्रेक गर्दै हेमन्त रानाको साइली

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, फाल्गुन ८, २०७३     11:10:53 AM  | 344 पटक पढिएको   |  

काठमाडाैंः हेमन्त राणाकाे स्वरमा सजिएकाे ‘सुन साइली सुन साइली परदेशबाट म आउला’, ‘सुन साइँली सुन साइँली चालीस कटेसी रमाउला’ गीतकाे म्युजिक भिडियाेले सार्वजनिक भएकाे केही छिनमै रेकर्ड कायम गरेकाे छ।

लिरिकल गीत यसअघि नै सार्वजनिक भइसकेकाे गीतकाे अफिसियल भिडियाे सार्वजनिक गरिएकाे २४ घण्टा नवित्दै ५ लाख भन्दा बढी पटक हेरिएकाे छ। गीतकाे चर्चाले हाैसिएका गायक राणाले गीतलार्इ बढी भन्दा बढी दर्शकले रूचाइदिदा खुशी लागेकाे प्रतिक्रिया दिए।

गीतले मार्मिक ढंगबाट विवाह भएकाे केही दिनमा श्रीमानले श्रीमतीलार्इ छाेड्नुपरेकाे पिडा दर्शाइएकाे छ। श्रीमानकाे अभिनय गरेका अभिनेता गाैरव पहारी अाफ्नाे अर्धङ्गिनीलार्इ छाडेर विदेश गएकाे भुमिका निर्वाह गरेका छन्। गाैरव विदेशिदाकाे पलमा अभिनेत्री मेनुका प्रधानका अाशुका धारा छुट्दा भिडियाे हेर्ने जाे सुकैकाे अाखा रसाउँछ।

गीतले नेपाली सामाजकाे यथार्थ झल्काउछ त्यसैले छाेटाे समयमा धेरैले रूचाएकाे गायक राणाले बताए। रोजगारीको खाेजीमा युवाहरू दिनहु वैदेशिक भुमीमा गइरहेका छन्। हिमाल साउदको शब्द र सङगीतकार काली प्रसाद बास्कोटाको संगीत रहेकोे छ।

Leave a comment

Your email address will not be published.


*