21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

राधिकाको हत्या प्रहरीले नै गरेको खुलासाः राधिका हत्या प्रकरण

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शुक्रबार, माघ २८, २०७३     5:55:38 AM  | 436 पटक पढिएको   |  

जाजरकोटः राधिका सुनारको हत्यामा संलग्न जिल्ला प्रहरी कार्यालयकै मुद्दा फाँटमा कार्यरत प्रहरी रहेको प्रहरी अध्ययनले खुलेको छ ।

प्रहरीका अनुसार हत्या गर्नेमा जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी हवलदार कमल सुनार रहेको जाजरकोट प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा दोषीहरूले एकअर्कामा आरोप लगाए पनि घटनाको विस्तृत अध्ययन हुने क्रममा हत्यामा कमल सुनारको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

माघ २३ गते विहान जाजरकोट डोल्पा सडकको ‘जिरो प्वाइन्ट’ नजिकै पासागाड खोला छेउको खोल्सामा छेद विछेद भएको शव फेला परेको थियो । ‘कल  डिटेल’ का आधारमा कमल सुनारले नै हत्या गरेको भन्ने पत्ता लागेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको हो ।

प्रहरी हवल्दार सुनारलाइ पक्राउ गरिसकिएको छ भने जाजरकोट जिल्ला अदालदतबाट म्याद थप समेत लिएर हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरीले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

को हुन् हत्या आरोपी कमल सुनार ?

रोल्पा लिवाङ गा.वि.स. वडा नं. ४ घर भएका हवल्दार कमल सुनार लामो समय देखि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत रहेका छन् । उनी मुद्दा फाँटमा रही काम गर्दै आएका थिए ।

कमलका नाममा किटानी जाहेरी दिएपनि प्रहरीले दोषीलाइ पक्राउ गर्न आनाकानी गरेको भन्दै मृतकका आफन्तहरूले प्रहरी कार्याल घेराउ तथा नारावाजी गरेका थिए ।

Leave a comment

Your email address will not be published.


*