22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

आमसभाको नाममा फिल्म सुटिङ गरेर जनतालाई बेवकुफ बनाउदै एमाले !

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः मङ्लबार, माघ २५, २०७३     5:15:50 AM  | 252 पटक पढिएको   |  

सुनसरी: नेकपा एमालेले दुई दिन अघि सुनसरीको इनरुवामा आमसभा गरेको थियो । जसमा केपी ओली प्रमुख वक्ता बनेर आउँदैछन् भनेर विशेषगरी मधेशी समुदायलाई बोलाइएको थियो । कार्यक्रममा राष्ट्रवादको नाममा ओलीले ठूलै भाषण पनि ठोकेका थिए । तर, त्यो कार्यक्रमको वास्तविकता अर्कै रहेको खुलासा भएको छ ।

खासमा, इनरुवामा आयोजित सो कार्यक्रम एमालेको घोषित कार्यक्रम नभई, केपी ओलीको फिल्म सुटिङ्गको लागि आयोजना गरिएको रहेछ । ‘रातो सूर्य’ नामक चलचित्रको सुटिङ्ग गर्न ओली इनरुवा पुगेका रहेछन् ।

उक्त कार्यक्रममा फिल्म सुटिङ्ग भइरहेको गोप्य रहस्य न जनताले थाहा पाए न त मिडियाले । यथार्थमा त्यो कार्यक्रम फिल्म छायांकनको एउटा अंक थियो ।

यसअघि, काठमाडौंको माइतीघर मण्डलामा केपी ओली र राष्ट्रकवि माधव घिमिरेले संयुक्त रुपमा १० मिटरको अग्लो नेपालको राष्ट्रिय झन्डा फहराएका थिए । दश मिटरको त्यो राष्ट्रिय झन्डा उचाल्नु पनि फिल्म सुटिङ्ग कै एउटा अंक थियो ।

यसैगरी, संविधान संशोधनको विरोधमा गत पुस तेस्रो साता एमालेले काठमाडौं मोटरसाइकल र्याली र आमसभा गरेको थियो । जहाँ गाउँगाउँका जनतालाई ह्विप जारी गरेर बलजफ्ती काठमाडौं बोलाइएको थियो ।

अन्ततः त्यो आमसभा पनि केपी ओलीको लागि फिल्म सुटिङ्ग गर्न आयोजना गरिएको रहस्य खुलेको थियो ।

यसरी रातो सूर्य नामक फिल्मको छायांकन गर्न विभिन्न नाम र स्थानमा कार्यक्रम आयोजना गरिन्छ । तर, जनता र मिडियालाई झुक्याएर ती जम्मै बनावटी कार्यक्रमहरुलाई ओलीले राष्ट्रवादको आवरण दिइने गरेका छन् ।

साभारः नेपाल पाना

Leave a comment

Your email address will not be published.


*