18 October 2017|   बुधबार, कार्तिक १, २०७४

प्रहरी हस्तक्षेप र अनलाइन बन्द गराइएको प्रति पत्रकार महासंघको ध्यानाकर्षण

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, माघ २४, २०७३     5:01:06 PM  | 185 पटक पढिएको   |  

काठमाडौं : केही दिनयता पत्रकार तथा सञ्चारमाध्यममाथि भएको धम्की तथा प्रहरी हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले सोमबार विज्ञप्ति जारी गरी स्वतन्त्र प्रेस तथा पत्रकारितामाथिको धम्की र सञ्चारमाध्यमाथिको नियन्त्रणले स्वतन्त्र पत्रकारितामाथि नै हस्तक्षेप हुन जाने उल्लेख गरेको छ। दोषीमाथि कडा कारबाहीको माग गर्दै महासंघले बन्द गरिएका सञ्चारमाध्यम सुचारु गर्न र सहज रुपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग माग गरेको छ।

समाचारकै विषयलाई लिएर केही दिनयता न्यूजसेवा डटकम, दियोपोस्ट डटकम, आर्थिक न्युज डटकम लगायतका केही अनलाइन बन्द गरिएको जानकारी आएकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले बताए। ‘संवैधानिक ग्यारेन्टी भएकाले कुनै पनि सञ्चारमाध्यमलाई समाचारको आधारमै नै बन्द गराउन पाइँदैन,’ उनले भने।

Leave a comment

Your email address will not be published.


*