22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

तीन वर्षदेखि घाटा भएको भन्दै नुनकाे मूल्य बढाउन प्रस्ताव

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, माघ २४, २०७३     10:26:18 AM  | 221 पटक पढिएको   |  
काठमाडाैंः नुनको आयात तथा देशभरी वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोेरेशन लिमिटेडले नुनको मूल्य समायोजन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ।
सरकारको स्वामित्वमा रहेको संस्थानले अर्थ र स्वास्थ्य मन्त्रालय तथा राष्ट्रिय योजना आयोगका सहसचिव, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग,आपूर्ति व्यवस्था विभाग र साल्ट टे«डिङ कर्पोरेशनका महानिर्देशक सदस्य रहेको नुन अनुगमन समितिसमक्ष नुनको मूल्य समायोजन गर्न माग गरेको हो ।
नुनको गुणस्तर, उपलब्धता तथा मूल्य अनुगमन गर्ने उक्त समितिले नुनको मूल्य बढाउने वा नबढाउने भन्नेमा अध्ययन गरिरहेको बताएको छ ।
भारतको गुजरातबाट नुनको आयात गर्दै आएको लिमिटेडले लागत नै २१ रुपैंयाँ प्रति प्याकेट पुगसिकेको भन्दै हाल उसले बेचदै आएको १६ रुपैंयाँ ५० पैसाबाट बढाएर २६ पु¥याउन आपूर्ति मन्त्रालयसँग माग गरेको छ ।
लिमिटेडका उपमहानिर्देशक कुमार राजभण्डारीले पछिल्लो तीन वर्ष देखि नुनमा समय अनुकुल मूल्य नबढेकाले गर्दा लगातार घाटामा गएको बताए ।
‘नौं महिनासम्मको भण्डारण क्षमता, मजदुर ज्याला, आयात तथा ढुवानी खर्च लगायातमा भारी बद्धि हुँदा लागत पनि स्वतः बढेर गएको छ’ उनले सेतोपाटीसँग भने,‘बैज्ञानिक मूल्य प्रणाली अनुरुप प्रति वर्ष ५ देखि १० प्रतिशतसम्म मूल्य बढाउँदै लैजानु पर्ने हो तर पछिल्लो तीन वर्ष अघिदेखि विधमान मूल्यमा समायोजन हुन नसम्दा परारको वर्ष १८ तथा गत वर्ष २९ करोड घाटा खाएर बेच्यौँ ।’
यसपाली पनि मूल्य समायोजन नगरिए  नोक्शान ३५ करोड रुपैयाँ पुग्ने  उनको भनाई छ।
उनले मूल्य नबढाउने हो भने गोदाम तथा ढुवानी खर्चमा अनुदान दिई सफलरुपमा चलिरहेको संस्थानलाई  घाटाबाट जोगाउन सरकारसँग माग  गरे ।
नुन, चिनी, मल, ग्याँस लगायात अन्य खाद्य तथा उपभोग्य वस्तुको आयात तथा वितरण गर्दे आएको लिमिटेडले वार्षिक ७ अर्बको कारोबार गर्दै आएको छ भने नुनमा रहेको घाटा अन्य खाद्य बस्तुबाट समायोजन गर्दे आएको जनाएको छ ।
हाल नेपालमा वार्षिकरुपमा १ लाख ६० हजार मेट्रिक टन नुन नुन खपत हुँदै आएको छ भने उपलब्धताको हिसाबले पछिल्लो तथ्यांक (सन् २०१४)का आधारमा कुनै न कुनै रुपमा केही परिणामको आयोडिनयुक्त नुन सतप्रतिशत तथा पर्याप्त आयोडिनियुक्त नुन ८१.२ प्रतिशत घरपरिवारमा पुगिसकेको छ ।

Leave a comment

Your email address will not be published.


*