24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

श्रीमतीलाई लखेटी लखेटी विभत्स हत्या गर्ने श्रीमान पक्राउ 

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, माघ २३, २०७३     8:36:02 PM  | 555 पटक पढिएको   |  

जाजरकोटः राधिका सुनारको विभत्स रुपमा हत्या गर्ने उनका आफ्नै पति हरी बहादुर सुनार भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार भेरीमालिका ४ स्थित पासागाड खोला नजिकै राधिकाको विभत्स हत्या गरिएको थियो ।

मृतक राधिकाको पेटमा खुुकुरी प्रहार गरिनुका साथै उनका हातका औलाहरु काटिएको प्रहरी नायब उपरिक्षक भावेश रिमालले बताए । ‘त्यस्तै मृतकको शरीरको अन्य भागमा पनि खुकुरी हानिएको थियो ।’ नायब उपरिक्षक रिमालले भने, ‘घटनाको प्रकृति हेर्दा लेखेटी लेखेटी हत्या गरिएको देखिन्छ ।’

बोहरागाउँको सालघारी जंगलमा हत्या गरी ५ सय मिटर टाढा पासागाढ खोला नजिकैको खोल्सामा लास फेला परेको थियो । हत्यामा संलग्न भएको आरोपमा मृतकका पति दलबहादुर सुनारलाई पक्राउ गरिएको छ । घटना स्थलमा एउटा खुकुरी र जुत्ता फेला परेको छ । घरायसी झगडाका कारण पतिले नै हत्या गरेको मृतकका भाइ गोविन्द्र महरले बताए । मृतकका पति सुनार नेपाली सेनाको सुर्खेत स्थित नरसिंह दल गणमा सिपाहीमा पदमा कार्यरत छन् । यस अघि पनि पति दलबहादुरले ती महिलालाई पटक पटक कुटपिट गरेर घरेलु हिंसा गर्ने गरेको मृतकका भाई गोविन्दले बताए ।

हप्ता दिन अघि विदामा घर आएका पति दलबहादुरले दिनहुँ चरम यातना दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक राधिकाले शनिवार बेलुका ६ बजेतिर माईलो भाई गोपाललाई फोन गरेर भिनाजुले मलाई मार्ने भनेर लखेटिरहेको छ म भागेर माईती आउँदैछु भनेको गोपालले बताए ।

ती महिलाले यसअघि नै आफुलाई हिंसा भएको भनेर प्रहरी र मानवअधिकारकर्मीसँग जीवन रक्षाको माग गदै गुहार समेत मागेको प्रहरीको भनाई छ । उप्रान्त कुटपिट नगर्ने र मिलेर बस्ने भन्दै पति दलबहादुरले जिल्ला प्रहरी कार्यालयमा कागज समेत गरेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख रिमालले जानकारी दिए ।

Leave a comment

Your email address will not be published.


*