18 October 2017|   बुधबार, कार्तिक १, २०७४

चाहेको ब्यक्तिलाई शिक्षक बनाउन यसरी उत्तरपुस्तिका फेरबदल गरियो

विद्यालय निरिक्षकको मिलेमतोमा कम नम्बर ल्याएको व्यक्तिलाइ शिक्षक बनाइयो

        बद्री पन्त   |   प्रकाशित मितिः आइतवार, माघ २३, २०७३     8:21:45 PM  | 547 पटक पढिएको   |  

जाजरकोटः जिल्लाको एक विद्यालयमा आफु नजिकको ब्यक्तिलाई शिक्षक नियुक्ती गर्न उत्तरपुस्तिका नै फेरबदल भएको छ । अमर ज्योति आधारभुत प्राथमिक विद्यालय जुर्क, दहको प्राथमिक तह राहात शिक्षक नियुक्ति गर्न भउको विज्ञापनमा परीक्षाको उत्तरपुस्तिका नै फेरबदल भएको हो । विद्यालय निरीक्षक धनञ्जय आचार्य, विद्यालयका प्रधानाध्यापक कैलास साह लगाएतको मिलोमतोमा उक्त अवैद्य कार्य भएको हो ।

शिक्षक नियक्तिका लागि विद्यालयले गत शुक्रवार जिल्ला शिक्षा कार्यालयमा लिखित तथा मौखिक परीक्षा संचालन गरेको थियो । लिखित परीक्षामा सहभागी भएका ११ मध्ये सर्पे तिरुवा, शोभा बुढा, पुर्णबहादुर घर्ती र खीमबहादुर खड्का सफल भएका थिए । तिरुवाले लिखित तथा मौखिक परीक्षामा सबै भन्दा बढी ५० अंक ल्याउन सफल भएका थिए भने घर्तीले ४६ ल्याएर दोस्रो भएका थिए । प्रअ साह, निरीक्षक आचार्य, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष नबीना घर्ती लगाएतको मिलोमतोमा रातारात उत्तरपुस्तिका नै परिवर्तन गरी पुर्णबहादुर घर्तीको प्राप्तांक सर्पे भन्दा केहि बढी गराएर फर्जी कार्य गरेको खुलेको छ ।

लिखित र मौखिकको अंक जोडेको मुचुल्कामा विषय विशेषज्ञ, निरीक्षक आचार्य, प्रअ साह, अध्यक्ष घर्ती लगाएतले हस्त्ताक्षर गर्दा सम्म सबै भन्दा बढी अंक आफ्नै भएको परीक्षार्थी सर्पेले बताए । ‘परीक्षाफल प्रकाशनको मुचुल्का भैसकेपछि कोठा तर्फ लागियो । राति त घर्ती उत्तीर्ण भएको सुचाना आयो,’ उनले भने । सर्पेले परीक्षा संचालनमा जिम्मेवारी लिएका सम्बन्धित पक्षले घर्तीलाई शुक्रबार राति नै पुनः परीक्षा दिलाएर अर्को उत्तरपुस्तिका तयार गरेर मुचुल्का समेत बदलेको आरोप लगाएका छन् ।

विद्यालय निरीक्षक आचार्य, विषय विशेषज्ञ, प्रधानाध्यपक लगाएत टोलीको मिलोमतोमा भेरीमालिका नगरपालिका १३, कुदु स्थित एक होटलमा अर्को उपरपुस्तिका र मुचुल्का तयार भएको अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठन (क्रान्तिकारी) का केन्द्रिय सदस्य प्रेमबहादुर शाहीले बताए । अखिल क्रान्तिकारीले पुर्णबहादुर घर्तीलाई निगरानी गर्दा स्वयं उनले नै कुदुमा अर्को पुस्तिका तयार पारेको स्विकारेकोे केन्द्रिय सदस्य शाहीले बताए । परिवर्तन गरेको उत्तरपुस्तिका प्रधानाध्यापक साहले नै राखेको र निरीक्षक आचार्य, विषय विशेषज्ञ लगाएतको सहमतीमा उक्त कार्य भएको घर्तीले बताए । यस्तो कार्य अवैद्य हो भन्ने थाह पनि नभएको उनले बताए ।

विद्यालयले विषय विशेषज्ञको रुपमा शिक्षक बीरबहादुर शाही र विना शाहीलाई मनोनयन गरेको थियो । जिल्ला शिक्षाले कार्यालयको तर्फबाट विद्यालय निरीक्षक आचार्यलाई परीक्षा संचालन गर्न खटाएको थियो । प्रअ साह २ दिनदेखि मोबाईल स्विचअफ गरेर वेपत्ता भएको उनले बताए । आर्थिक प्रलोभन र राजनितिक आस्थाका आधारमा उत्तरपस्तिका नै फेरबदल भएको सर्पेका आरोप छ । अवैद्य कार्यको उचित छानबीन गरी आफुलाई नियुक्ति पाउने ब्यबस्था मिलाई दिन जिल्ला प्रशासनमा उजुरी समेत दिएको उनले बताए । आधारभुत विद्यालय जुर्कको शिक्षक नियुक्तिका लागि लिएको परीक्षामा अनियमियतता भएकोे भन्ने उजुरी आएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताए । यसबारे तत्काल छानवीन गरेर टुंगो लगाउने सिंहले बताए ।

Leave a comment

Your email address will not be published.


*