20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

खुकुरी प्रहार गरी महिलाको हत्या

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, माघ २३, २०७३     5:28:28 PM  | 203 पटक पढिएको   |  

जाजरकोट: खुकुरी प्रहार गरी हत्या गरिएकी एक महिलाको शव सदरमुकाम खलंगाको पासागाडमा आइतबार बिहान फेला परेको छ । शव भेरीमालिका  ४ बोहराकी २८ वर्षिया राधिका सुनारको भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पुर्याइएको जाजरकोट प्रहरीले जानकारी दिएको छ । घटनाबारे हालसम्म केही विवरण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान थालेको प्रहरीो भनाइ छ । मृतकका श्रीमान दलबहादुर सुनार नेपाली सेनामा कार्यरत रहेका छन् भने उनका दुइ नाबालक छोरा रहेका छन् ।

Leave a comment

Your email address will not be published.


*