22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

अपांगता भएकाहरूका लागि कृत्रिम सामाग्री वितरण गरिने

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, माघ २३, २०७३     5:09:27 PM  | 87 पटक पढिएको   |  

खलंगाः अपागंता भएकाहरुका लागि कृत्रिम सामाग्री वितरण गरिने भएको छ । जिल्ला विकास समिति जाजरकोटको आर्थिक सहायता तथा नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा उक्त सामाग्रीहरु सहयोग गरिने भएको हो ।

हात, खुट्टा र मेरुदण्डको अपागंता भएका व्यक्तिहरुका लागि यहि फागुन १० र ११ गते दशेराको थलह तथा फागुन १३ र १४ गते खगेनकोटको दल्लीमा पहिचान तथा छनौट शिविर संचालन गरी कृत्रिम सामाग्रीहरु प्रदान गरिने जिल्ला विकास समितिका कार्यक्रम अधिकृत दलबहादुर घर्तीले जानकारी दिए ।

त्यसैगरी अति अशक्त अपागंता भएकाहरुका लागि महिला तथा बालबालिका कार्यालय जाजरकोटले परिचयपत्र प्रदान गर्ने समेत व्यवस्था गरिएको छ । परिचयत्र लिन आउँदा गाविसको सिफारित र नागरिकता नभएकाहरुको हकमा जन्मदर्ताको प्रमाणपत्र अनिवार्य लिएर आउनुपर्ने कार्यक्रम अधिकृत घर्तीले बताए ।

Leave a comment

Your email address will not be published.


*