20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

पर्वतको वाँसखर्कमा ३ करोडका सुन्तला विक्री

        रामकृष्ण लामिछाने   |   प्रकाशित मितिः शनिबार, माघ २२, २०७३     3:18:39 PM  | 165 पटक पढिएको   |  

पर्वतः पर्वतको उत्तरी बाँसखर्क गाउँमा सुन्तला बिक्रीबाट बार्षिक ३ करोड रुपैया भित्रीने गरेको छ । गाउँको प्रमुख बाली नै सुन्तला भएकाले बाँसखर्कमा बार्षिक ३ करोड भन्दा बढी सुन्तला बिक्री गाउँमा भित्रीने गरेको हो ।

बाँसखर्क गाउँ बिकास समितिका २ सय ५० घर मध्ये झण्डै २ सय घरमा सुन्तला खेती हुन्छ भने एउटा परिवारले बार्षिक १ लाख देखि १५ लाख रुपैया सम्म सुन्तलाबाट घरमा भित्र्याउने गरेका हुन । बाँसखर्कको सुन्तला स्वाद र लामो समय टिकाउ हुने भएकाले धेरै माग हुने गरेको छ।

सुन्तला खेती नै बाँसखर्कको प्रमुख बाली भएकाले यहाँका कृषकहरुले यसलाई प्रमुख आम्दानीको स्रोत बनाउँदै आएका छन। ‘गएको वर्ष यहिबाट ५० देखि ७० रुपैया किलोमा बेच्दा पनि अढाई करोड आम्दानी भएको थियो,’ बासखर्क सुन्तला उत्पादक किसान सहकारी संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले भन्नुभयो,‘अहिले फल पनि राम्रो छ, मूल्य पनि कम्तिमा १५ रुपैया“ बढ्ने अनुमान गरेका छौं ।’ उहाँका अनुसार यो वर्ष ३ देखि ४ करोड आम्दानी हुन्छ ।

Leave a comment

Your email address will not be published.


*