24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

एमालेले गर्यो बारेकोट क्षेत्र विशेष कार्यक्रम

        भरत शर्मा   |   प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७३     1:41:14 PM  | 143 पटक पढिएको   |  

जाजरकोटः नेकपा एमाले जाजरकोटले बारेकोट क्षेत्र विशेष कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको केन्द्रको चार महिने अभियान अन्तरगत बारेकोट क्षेत्र विषेश कार्यक्रम सम्पन्न भएको हो । बारेकोट क्षेत्रका सबै गाउ विकास समितिहरुको पाइक पर्ने स्थान लिम्सा र कालीमाटीमा आमसभा, कार्यकर्ता भेला, प्रशिक्षण लगाएत कार्यक्रम सम्पन्न भएको एमाले जाजरकोटले जनाएको छ ।

कार्यक्रममा पार्टीको जारी अभियानको ऊदेश्य र महत्व, राष्ट्रिय राजनितीमा एमालेको भुमिका र आगामी निर्वाचनको तयारी लगायतका विषयमा पार्टिका युवा नेता निरज आचार्यले धारणा राखेका थिए । कार्यक्रममा बोल्दै पार्टी श्रम तथा रोजगार विभागका सचिव समेत रहेका आचार्यले निकट भविष्यमा हुने चुनावमा मालेलाई पहिलो पार्टी हुनबाट अब कसैले रोक्न नसक्ने बताए । युवा संघ नेपालका पुर्व महासचिव समेत रहेका नेता आचार्यले देश भर एमालेको पक्षमा जनलहर रहेकोले यसलाई टिकाइ राख्नु पार्टीको चुनोती रहेको बताए ।

कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य नर बहादुर वस्नेत सल्लाहकार सदस्य अमर बहादुर सिंह, अनेरास्ववियुका केन्द्रीय सदस्य डम्बर बहादुर सिंह अनेरास्ववियु जाजरकोटका अध्यक्ष प्रदीप खड़का, जिल्ला खेलकूद विकास समितिका सदस्य विश्व विक्रम शाह र पार्टीको क्षेत्र नं १ का का.वा. अध्यक्ष दिल ब. रावलको उपस्थिति रहेको थियो । यसैबिच अन्य पार्टी परित्याग गरी डेढ दर्जन बटिले एमालेमा प्रबेश गरेका छन ।

प्रबेश गर्नेमा कांग्रेसका दिप बहादुर सिंह, कालु बुढा, पवित्रा शाही, सुनिता बुढ़ा, नर बहादुर वली र निम प्रकास महातारा, रंजित नेपाली र महेन्द्र जैसी रहेका छन भने माओवादी केन्द्रका अनेमसंघ क्रान्तिकारी सक्लाकी अध्यक्ष किष्णा कुमारी शाहि, माओवादी केन्द्र सक्लाका सह सचिव विष्णु पाण्डे, गाऊँ कमिटी सदस्य दीपेन्द्र गौतम, दिपा शाही, घोपा महतारा र गोरीकला नेपाली, रुद्र प्रसाद गौतम र लक्ष्मी प्रसाद जैसी रहेको सचिवालय सदस्य नर बहादुर बस्नेतले जानकारी दिए ।

विद्यालयलाइ शैक्षिक सामाग्री प्रदान

एमाले नेता आचार्यको पहलमा शैक्षिक सामाग्री वितरण नेकपा एमालेका युवा नेता निरज आचार्यको पहलमा जाजरकोटको एक विद्यालयमा शैक्षिक सामाग्री प्रदान गरिएको छ । नेता आचार्यको पहलमा जिल्लाको रोकायगाउँ स्थित वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालय लिम्सालाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको हो ।

नेता आचार्यले विद्यालयमा पुस्तकालय स्थापनाका लागि करिव ५० हजार बराबरको पुस्तक र खेलकूद सामाग्री हस्तान्तरण गरे । लायन्स कलव जापानको आर्थिक सहयोगमा उपलब्ध गराइएको शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रमको व्यवस्थापन जिल्ला खेलकूद विकास समिति जाजरकोट, र अनेरास्ववियु जिल्ला कमिटी जाजरकोट गरेको थियो ।

नेकपा एमालेका श्रम तथा रोजगार समितिका सचिव रहेका नेता आचार्यले यसअघि जगतीपुरको कटिगाउमा रहेको प्राथमिक विद्यालय र भगवती माध्यामिक विद्यालय कुदुमा शैक्षिक सामाग्री तथा सदरमुकाममा रहेको खेलकुद क्लबवाई खेल सामाग्री प्रदान गरेका थिए ।

नेता आचार्यले जिल्ला आउँदा शिक्षा र खेलकुदका क्षेत्रमा विभिन्न सामाग्री प्रदान गर्ने गरेका छन् । यसअघि उनले विदेशमा रहेका आफ्ना साथीहरुले उपलब्ध गराएको तथा आफ्नो व्यक्तिगत खर्चबाट उक्त सामाग्री प्रदान गरिएको आचार्यले बताए । जिल्लाको शैक्षिक र खेलकुद क्षेत्रको विकासका लागि आफू लागि परेको नेता आचार्यको भनाई छ ।

शैक्षिक तथा खेलकुद सामाग्री प्राप्त गरेका विद्यालयका शिक्षक तथा विद्यार्थिहरुले नेता आचार्यलाई सम्मान समेत गरेका छन ।

Leave a comment

Your email address will not be published.


*