20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

अनाैठो आकृति देखिने रहस्यमय घरः गाउँलेहरू आश्चर्यमा

        प्रशोधन केसी   |   प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७३     1:42:55 PM  | 223 पटक पढिएको   |  

जाजरकोट: जिल्लाको एउटा गाउँमा अनाैठा आकृति देखिने  घर रहेको छ । घरको भित्तामा तीन वर्ष यता अनाैठा आकृति देखिने गरेका छन् ।

काकीगाउँ–४ काँडा स्थित तुल्छे वलीको घरको भित्तामा आफै बनेका बिभिन्न आकृतिहरु देखिन थालेपछि गाउँलेहरू आश्चार्यमा परेका छन् । तीन बर्ष पहिले देखि देखा परेका उक्त आकृतिहरु कसरी बनेका हुन भन्ने कुरा आफुलाई कुनै थाहा नभएको घरधनी तुल्छे वलीले जानकारी दिए । भित्तामा देखिने आकृतिहरु पहिलो पटक आफुले देखे पछि घरकै बच्चाबच्चीले हातले कोरेर बनाए जस्तो लागेको थियो वलीले भने ।

भित्तामा फोहर जस्तो देखिने भएकाले उक्त आकृतिहरु मेटाउन गोबर माटोले धेरै पटक पोति सकेको तर, उक्त आकृतिहरु पोतेको केहि दिन भित्रै झनै प्रस्टसंग देख्न सकिने हुने गरेको वलीले वताए । गोवर माटोले पोतेर मेटाउन नसकेपछि भित्तामा पानीले धेरै पटक सफा पनि गरिसकेको तर, मेटाउन सकिएन वलीले भने ।

धार्मिक आस्था राखेता पनि घरमै देवी देवताको धामी तथा पुजारी भएर आफुले कहिले पनि काम नगरेको वलीले वताए । पाँच बर्ष पहिले निर्माण गरिएको घरको भित्तामा तीन बर्ष पहिलेवाट यस्तो देखिन थालेको वलीले जानकारी दिए ।

2

बिभिन्न खालका आकृतिहरु घरको भित्तामा देखिने भएपछि घरमा आफु लगाएत अन्य घर परिवारलाई नराम्रो कुनै केहि भएका छैन वलीले भने । राती सुतेको वेला भने विभिन्न सपनाहरु देखा पर्ने गरेको वलीले जानकारी दिए । भित्ताका देखिने ति आकृतिहरुले घरमा कुनै पनि असर गर्ने छैन, घरको ढोका सधै भरि खुल्ला राख्नु, बाहीवाट हेर्न आउने सबै मान्छेलाई हेर्न तथा अवलोकण गर्न दिनु भन्ने जस्ता सपना देखा पर्ने गरेको वलीले जानकारी दिए ।

अनौठो तरिकाले देखा परेका ति आकृतिहरु किन देखा परेका होलान भन्ने बिषयमा आफु अनबिज्ञ छु वलीले भने । आकृति देखा पर्नुमा कुनै बैज्ञानिक कारण भएपनि वा धार्मीक कारण भएपनि के हो भनेर आफुले छुट्याउन नसकेको वलीले वताए ।

अनौठा आकृतिहरु देखा परेको वलीको घर मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै पर्दछ । जिल्ला सदरमुकाम खलंगावाट वलीको घरमा पुग्नलाई ६ घण्डाको पैदल यात्रा गर्नु पर्दछ ।

Leave a comment

Your email address will not be published.


*