24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

पर्बत महोत्सव कि एमालेजनको उत्सव ?

        रामकृष्ण लामिछाने   |   प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७३     7:57:02 AM  | 527 पटक पढिएको   |  

पर्बत: ‘समृद्ध पर्बत हाम्रो चाहना’ भन्ने मुल नारा बोकेर पर्बतको कुश्मामा माघ १३ गते देखि सुरु भएको पर्बत महोत्सवले आम नागरीकहरुमा भ्रम सिर्जना गरेको छ । पर्वतवासीहरू सार्वजनिक महोत्सव हो कि एमालेको उत्सव हो भन्नेमा अन्याैल भएका छन् ।

बिगतमा उद्याेग बाणिज्य संघ पर्वतको चुनावको माहोलमा बिजयी भएका एमालेहरुले बिजय उत्सव आयोजकले मनाएको हुन् कि अनुमान लगाउन सकिन्छ । माघ १३ गते कार्यक्रम समुद्धघाटनमा माओवादी निकट प्रधानमन्त्री प्रचण्डलाई वोलाए र सबैलाई सबैको महोत्सव भन्ने भ्रम पारे ।  तर बिस्तारै स्टेज कार्यक्रमका गतिबिधीहरुले देखायो एमाले महोत्सव ।

आखिर महोत्सबलाइ किन एमालेकरण गरियो ?

पर्वतकै कलाकार युवराज भूसाल,रामजी खाँड, विमलराज क्षेत्री किन बोलाइएन ? अधिकासं एमाले निकट कलाकारहरूको प्रस्तुती रहेको पर्वतको महोत्सवमा धाैलागिरी लोक प्रतिष्ठानका अध्यक्ष राजेन्द्र सापकोटाको भन्छन् – ‘युवराजहरू बिरामी भएकाले बोलाउन सकिएन ।’

महोत्सवको मन्चमा हेर्ने हो भने एमाले निकट नेताहरू, प्रेस चाैतारीका पत्रकारहरू, कलाकारहरू ९८ प्रतिशत रहेका छन् । तर, अन्य दलका प्रतिनिधिहरू महोत्सवको उद्घाटनमा बाहेक अरूबेला देखिएका छैनन् ।

1 Comment on पर्बत महोत्सव कि एमालेजनको उत्सव ?

  1. रक्तिम // February 3, 2017 at 8:16 am // Reply

    हैन,यो पत्रकार एमाले विरोधी हो कि पत्रकार मात्रै?

Leave a comment

Your email address will not be published.


*