20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

निर्वाचन कार्यालयको भवन शिलान्यास

        रामकृष्ण लामिछाने   |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     6:26:48 PM  | 123 पटक पढिएको   |  

पर्बत: प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको प्रमुख आतिथ्यमा यही माघ १९ गते पर्बतको कुश्ममा निर्वाचन सम्बन्धी विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

होटल बेन्जुको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँगेसका केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशी, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख ,नागरिक समाज, निर्वाचन पर्यवेक्षण संस्थाका प्रतिनिधि, मानव अधिकारकर्मी एवम् सञ्चारकर्मी समेतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले नेपालको संविधानमा रहेको निर्वाचन सम्बन्धी विषय,२०७४ माघभित्र सम्पन्न गर्नुपर्ने विभिन्न तहको निर्वाचनको व्यवस्थापन र तयारी, मतदाता नामावली संकलन, मतदान केन्द्रको पुनरावलोकन, राजनीतिक दल दर्ता र  व्यवस्थापन, निर्वाचन आचार संहिताको कार्यान्वयन लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासाको  म्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा.यादवले निर्वाचनका लागि कानुन, निर्वाचन क्षेत्रको निर्धारण, मतदाता नामावली, मतदान केन्द्र जस्ता विषय प्राथमिक  पूर्वाधारका विषय भएकोले आयोग अहिले निर्वाचन सम्बन्धी कानुनको पर्खाइमा रहेको बताउदै २०७३ साल माघ मसान्तसम्ममा सबै कानुन प्राप्त हुने अपेक्षा गरिएको बताउनु भयो । डा. यादवले, समयमै निर्वाचन सम्बन्धी कानुन प्राप्त भएमा आयोग २०७४ साल माघ भित्रै स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न गर्न तयार रहेको समेत बताउनु भयो ।

जिल्ला निर्वाचन कार्यालय पर्वतको आफ्नै भवन बन्ने भएको छ । भवनको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आज शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा बोल्दै यादवले निकायको चुनावको मिति तत्काल घोषण हुन सक्ने भन्दै तयारीमा जुट्न कर्मचारीलाई निर्देशन दिनुभयो । कुश्माको वडागाउँमा बन्न लागेको भवन अपाङग मैत्री र महिला मैत्री हुने जिल्ला निर्वाचन कार्यलय पर्वतले जनाएको छ ।

२ करोड १ लाखको लागतमा बन्न लागेको भवन २०७४ फागुन १५ भित्र सम्पन्न गर्ने लक्ष्य लिईएको छ । उक्त भवनको नयाँ बाटो सुर्यदय कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्याक्तिहरुले निर्वाचनको आवश्यकताका बारेमा वोल्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी
शम्भुप्रसाद मरासिनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published.


*