20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

अवैध काठको कारोवारमा संलग्न फर्निचर उद्योगका संचालक पक्राउ

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     5:22:24 PM  | 142 पटक पढिएको   |  

जाजरकोटः जिल्ला प्रहरी कार्यालय जाजरकोटले अवैध काठको कारोवारमा संलग्न सदरमुकाम स्थित पुष्प फर्निचर उद्योगका संचालक गोपाल नेपालीलाई पक्राउ गरेको छ ।

जिल्ला बन कार्यालयले एक सय ९६ थान अवैध सालको काठ बरामद गरि संचालक नेपालीलाई पक्राउ पुजी जारी गरेपछि विहिवार नेपाली पक्राउ परेका हुन् । फर्निचरका संचालक भेरीमालिका नगरपालिका ३ स्यालाका गोपाल नेपालीले लुकाई छिपाई राखेको अवैध काठ बुधवार बरामद गरेको हो । नेपालीलाई सात दिन थुनामा राखि अनुसन्धान गर्न म्याद दिएको प्रहरीले जनाएको छ ।

७२ दशमलब ३२ क्युफिट लम्वाई र एक सय १ दशमलब २५ क्युफिट गोलाई परिणामको काठ बरामद गरिएको जिल्ला बन अधिकृत उपेन्द्र प्रसाद पटेलले जानकारी दिए । विशेष सुराकीका आधारमा पक्राउ गरिएको काठ सरकारी दररेट अनुसार ८१ हजार रुपैयाको छ ।

उनी विरुद्ध अवैध काठ कारोवार सम्बन्धमा जिल्ला अदालतमा मुद्धा दायर गर्ने तयारी भैरहेको बन अधिकृत पटेलले बताए । बन ऐन २०४९ अनुसार अबैध विगो जफत गरि सोही मुल्यको दोब्बर जरिवाना गर्ने र एक बर्षको जेल सजाय हुने कानुनी ब्यवस्था रहेको छ । जिल्लामा अवैध काठको कारोवार र तस्करी बढ्दै गएको गुनासो बढेपछि नियमनका लागी कार्यालयले सक्रियता बढाएको पटेलको भनाई छ ।

Leave a comment

Your email address will not be published.


*