18 October 2017|   बुधबार, कार्तिक १, २०७४

अवैध घरेलु मदिरा नष्ट

        सरोज वली   |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     5:01:10 PM  | 130 पटक पढिएको   |  

तस्बिरः जिप्रका, जाजरकोट

जाजरकोटः स्थानीय आमा समुहको सहयोगमा जाजरकोट प्रहरीले भेरीमालिका नगरपालिका ३ र ४ मा घरेलु मदिरा नष्ट गरेको छ ।

रानागाउँ र गैरीखाली स्थित विभिन्न व्यक्तिको घर चेकजाँच गरी ३० लिटर जाँड, मदिरा बनाउन प्रयोग हुने औषधि १० किलो, र २० लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी मदिरा बनाउन प्रयोग गरिने विभिन्न भाँडा वर्तन समेत आमा समुहको सक्रियतामा बरामद गरिएको कार्यालयले जानकारी दिएको छ ।

Leave a comment

Your email address will not be published.


*