20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

अनेम संघ (क्रान्तिकारी) जाजरकोटको ८औं अधिवेशन हुदै

प्रचन्ड पुत्री जाजरकोट आउने

        सहदेव बस्नेत   |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     3:07:41 PM  | 132 पटक पढिएको   |  

जाजरकोटः माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जाजरकोटको आठौं जिल्ला सम्मेलन यहि माघ २४ गते जिल्ला सदरमुकाम खलंगामा हुने भएको छ । संगठनको नीचि तथा कार्यक्रम पास गर्नुका साथै जिल्लाको नयाँ नेतृत्व चयन गर्नका लागि अनेम संघ (क्रान्तिकारी), जाजरकोटको आठौं जिल्ला सम्मेलन हुने लागेको हो ।

सम्मेलन प्रचण्ड पुत्री तथा अनेम संघ (क्रान्तिकारी) कि महासचिव रेणु दहालको प्रमुख आथित्यतामा सम्पन्न गर्न लागिएको अनेम संघ (क्रान्तिकारी), जाजरकोटकी संयोजक प्रमिलासिंह राठोले जानकारी दिईन । “सचेत, संघर्षशिल र जुझारु संगठन निर्माण हाम्रो अभियान, –हरेक तहमा समान प्रतिनिधित्व सुनिश्चित गर्न आठौं जिल्ला सम्मेलन ।” भन्ने मुल नारा सहित आयोजित जिल्लाको आठौं सम्मेलनको अन्य अथितिहरुमा पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, भुतपूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री सत्य पहाडी, अनेम संघ (क्रान्तिकारी) कि केन्द्रिय उपाध्यक्ष तथा ६ नम्वर प्रदेश ईन्चार्ज बिमला केसी, केन्द्रिय सदस्य तथा कार्यालय सचिव कृष्ण शाह, केस सदस्य तथा जाजरकोट इन्चार्ज पार्वती थापा रहने संयोजक सिंहले जानकारी दिईन ।

भव्य र सानदार रुपमा सम्पन्न गरिने सम्मेलनको सम्पुर्ण तयारी पुरा भई सकेको आयोजक समितिले जनाएको छ । सम्मेलनमा जिल्लाका सबै गाउँ विकास समिति तथा नगरपालिकाका प्रतिनिधीहरुले भाग लिने आयोजक समितिले जानकारी दिएका छ ।

Leave a comment

Your email address will not be published.


*