22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

कांग्रेसका ७, माओवादीका ४ र अन्यबाट २ गरेर १३ देशमा नयाँ राजदूत सिफारिस हुँदै

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     2:29:01 PM  | 185 पटक पढिएको   |  

काठमाडाैंः सरकारले १३ देशका लागि नयाँ राजदूतहरुको सिफारिस गर्ने तयारी गरिरहेको छ। सम्भवत बिहीबार बस्ने मन्त्री परिषद् बैठकले राजदूत सिफारिसको निर्णय गर्ने प्रधानमन्त्री निकट स्रोतले नेपालखबरलाई जानकारी दियो।

सरकार परिवर्तनका कारण लामो समयदेखि थाँती रहेको राजदूत नियुक्ति प्रक्रिया अघि बढाउन सत्तारुढ दलहरु सहमत भएपछि बिहीबार सिफारिस हुन लागेको स्रोतको भनाइ छ। यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले राजदूत सिफारिसबारे आफूले पनि सुनेको तर कुन देशमा को को सिफारिस हुँदै छन् भन्ने थाहा नभएको प्रतिक्रिया दिए। उनले बुधबार साँझ भने, ‘ यसबारे विस्तृत केही भन्न सक्दिन।’

तर नयाँ राजदूतमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट ७ जना, नेकमा माओवादी केन्द्रका तर्फबाट ४ जना र राप्रपा लगायत साना दलबाट दुई जना राजदूतहरु सिफारिस हुन लागको स्रोतले दाबी छ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २१ जना राजदूत सिफारिस गरे पनि सरकार परिवर्तनका कारण सुनुवाइ र नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेल यसअघि नै राजदूत नियुक्त भएका छन्।

त्यसैगरी परराष्ट्र अधिकारीहरुमध्येबाट सिफारिस भएका राजदूतहरुले पनि नियुक्ति पाइसकेका थिए।

स्रोतका अनुसार माओवादी केन्द्रका तर्फबाट ओली नेतृत्वको सरकारकै समयमा सिफारिस हुने नाम नै पुनः सिफारिसमा पर्ने भएका छन्। अघिल्लो सरकारले माओवादी केन्द्रका तर्फबाट चार जनाको नाम सिफारिस गरेको थियो। जसमा बहराइनका लागि पदम सुन्दास, डेनमार्कका लागि युवनाथ लम्साल, अष्ट्रेलियाका लागि लक्की शेर्पा र कतारका लागि डा. महेन्द्र सिंह रहेका थिए।

साभारः नेपाल खबर

Leave a comment

Your email address will not be published.


*