18 October 2017|   बुधबार, कार्तिक १, २०७४

नेपाल प्रहरीमा २५ सय बढी पदमा जागिर खुल्यो (सूचनासहित)

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     2:17:49 PM  | 181 पटक पढिएको   |  

काठमाडौं : नेपाल प्रहरीले जनपद र प्राविधक समूहतर्फ २५ सय बढीको संख्यामा दरखास्त आह्वान गरेको छ। प्रहरीले जनपदतर्फ १६ सय ४५ र प्राविधिक समूहतर्फ एक हजार ३३ जवानका लागि आह्वान गरिएको छ।

जनपदतर्फ आह्वान भएको १६ सय ४५ मा आठ सय ८७ खुला, सहिद परिवार र असक्त परिवार ३३, आदिवासी जनजाति दुई सय ३२, मधेसी दुई सय तीन, महिला एक सय ४५, दलित एक सय आठ र पिछडिएको क्षेत्रतर्फ ३७ कोटाका लागि दरखास्त आह्वान गरिएको छ।

प्राविधिक समूहतर्फ मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ ९६, मेकानिकल विपत व्यवस्थापनका लागि १८, स्वास्थ्यतर्फ २५, सञ्चारका लागि सात सय १८ र संगीततर्फ ६१ जना माग गरिएको छ। दखास्त बुझाउन चाहनेले उपत्यकामा महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरबाट फाराम भर्न सक्नेछन् ।

सँगै देशका विभिन्न स्थानबाट समेत दरखास्त दिन सकिने छ । पूर्वमा क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्य पश्चिम क्षेत्रीय तालिम केन्द्र नेपालगञ्ज, सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपाययल सँगै ७२ जिल्ला कार्यालयबाट समेत दरखास्त दिन सकिने प्रहरीले जनाएको छ।

Leave a comment

Your email address will not be published.


*