20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

विदेशमा कुनै समस्यामा पर्नुभएको छ ? यसरी गर्नुस् अनलाइन उजुरी

          |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     10:48:01 AM  | 228 पटक पढिएको   |  

काठमाडौंः विदेशमा रहेका नेपालीले आफ्नो समस्या तथा गुनासो अनलाइनमार्फत गर्न सक्ने भएका छन् । कन्सुलर विभागले शुक्रबारदेखि औपचारिक रुपमा पीडित तथा उसका आफन्तले घरबाटै वा इन्टरनेटको सुविधा भएको विश्वको कुनै पनि ठाउँबाट उजुरी गर्न मिल्ने व्यवस्था सुरु गरेको हो ।

विभागको कन्सुलर तथा कानुनी परामर्श शाखबाट पीडित वा उसका आफन्त उपस्थित  भएर प्रवाह गरिरहेको सेवा अब अनलाइनमार्फत गर्न मिल्ने बतएको हो ।
उजुरीकर्ताले विभागको  वेवसाइट मा गएर दायाँ साइडमा रहेको online legal services मा क्लिक गरेर उक्त सेवा लिन सक्ने विभागले जनाएको छ ।

अनलाइन उजुरीको सुरुआत शुक्रबार परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गरेका हुन् ।

उनले अलनाइनबाट उजुरी गर्न पाउँदा कम खर्चमा पीडितले सेवा पाउने बताए । यसलाई प्रभावकारी बनाएर प्रयोगमा ल्याउन उनले सबैलाई आग्रह गरे ।
त्यसैगरी परराष्ट्र सचिव शंकर बैरागीले यसले पीडितको श्रम, पैसा र समयको बचत गर्ने बताए ।

विभागका अनुसार अनलाइनमार्फत खोजतलास, उद्दार, मृतकको शव झिकाउने, क्षतिपूर्तीका लागि निवेदन (घाइते/मृतक), अधिकृत वारेशनामाको आधिकारिकता र  गुनासो गर्न सकिने छ ।

उजुरीकर्ताले आफ्नो Username र Password लिएर उजुरी गर्न, त्यसको नियमित जानकारी लिन समेत सक्नेछन् ।  विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीका अनुसार अब कुनै समस्या पर्यो भने उजुरी गर्न काठमाडौं नै आउनुपर्ने अवस्था अन्त्य हुनेछ । त्यसैगरी विदेशमा पनि उजुरीका लागि दूतावासमा नै पुग्नुपर्ने समस्या हट्ने उनको भनाइ छ ।

Leave a comment

Your email address will not be published.


*