20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

नेपाली सिनेमामा करोडका कलाकारहरू बढ्दैछन्

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     7:33:23 AM  | 277 पटक पढिएको   |  

नेपाली सिनेमामा करोडका कलाकारको वर्चश्व

कुनै पनि कलाकारले काम गरेको सिनेमाले करोडको आँकडा पार गर्यो भने त्यो कलाकारलाई एकपछि अर्को सिनेमाको लाईन लाग्ने गर्छ । नेपाली सिनेमाको ईतिहाासलाई हेर्ने हो भने करोडको आँकडा पार गर्ने कलाकारहरुकै वर्चश्व छ । अभिनेता दयाहाङ राईले काम गरेको सिनेमा लुट र कबड्डी सीरीजले सजिलै करोड क्लवमा प्रवेश गरेका थिए । तर दयाको करिअरलाई नै सरसर्ती पल्टाए हेर्ने हो भने उनले छोटो समयमा धेरै सिनेमामा काम गरेका कारण अन्य सिनेमाहरुलाई करोडको आँकडा पार गर्न धौ धौ परेको देखिन्छ ।

त्यस्तै दयाको जस्तै व्यथा भएका अर्का अभिनेता हुन् सौगात मल्ल । उनले काम गरेको सिनेमा लुटले सफलता पायो । तर अन्य सिनेमालाई भने करोडको आँकडा छुन गाह्रो पर्यो । यहि समूहमा पर्छिन् अभिनेत्री ऋचा शर्मा पनि । लुटमा काम गरेपछि उनलाई पनि सफल अभिनेत्रीको ट्याग मिल्यो । लुट पछि पनि उनले काम गरेको सिनेमा टलकजंग भर्सेज टुल्केले करोडको आँकडा पार गरेको थियो । त्यसपछि उनले काम गरेका सिनेमाले त्यति धेरै सफलता पाएको देखिन्न । हाल उनी लुट २ को व्यापारबाट भने करिअरलाई फाईदा पुग्नेमा आशावादी छिन् । तर अन्य केही कलाकारहरु छन् जसका प्राय सिनेमाले करोडको आँकडा पार गरेका छन् । यस हिसाबले आज हामी नेपाली सिनेमाका करोडका कलाकारको चर्चा गर्दैछौँ ।

Image may contain: 2 people, people sitting, sunglasses, outdoor and nature

दीपक राज गिरी

करोडका कलाकारको कुरा गर्दा सबैभन्दा पहिलो नम्बरमा आउँछन् अभिनेता दीपक राज गिरी । छक्का पञ्जा पछि धेरैले उनलाई नेपाली सिनेमाका राजाको रुपमा हेर्न थालेका छन् । दीपक राज गिरीको मुख्य भूमिका रहेको सिनेमा छक्का पञ्जाले नेपाली सिनेमाको ईतिहाँसमै सबैभन्दा धेरै व्यापार गर्ने सिनेमाको रेकर्ड राख्यो । यो सिनेमाले १७ करोड भन्दा माथिको व्यापार गरेको छ । त्यस्तै यो भन्दा पहिले दीपकले काम गरेका सिनेमा ६ एकान ६ र वडा नम्बर ६ ले पनि सजिलै करोड क्लवमा प्रवेश गरेका थिए । यस हिसावले पनि दीपक राज गिरी करोडका कलाकार मात्रै हैन नेपाली सिनेमाका राजा नै मानिन्छन् । दीपक आफैले सिनेमा निर्माण गर्ने भएको हुँदा उनले लिने पारिश्रमिकको भने आधिकारिक जानकारी छैन ।

Image may contain: 1 person, standing

नम्रता श्रेष्ठ

नेपाली सिनेमाकी सबैभन्दा महंगी नायिका हुन् नम्रता श्रेष्ठ । उनी एउटा सिनेमामा काम गरेबापत सात लाख लिन्छिन् । तर उनले लिएको पारिश्रमिकले निर्मातालाई भने घाटा लाग्दैन । किनकी उनले काम गरेका प्राय सिनेमाले करोड क्लवमा प्रवेश गर्छन् । मेरो एउटा साथी छ, नोभेम्बर रेन र क्लासिक यसका उदाहरण हुन् । नम्रता अफर आयो भन्दैमा कुनैपनि सिनेमामा काम गर्न मान्दिनन् । उनी सिनेमाको कथा मन परेपछि मात्रै काम गर्छिन् । हाल उनी सिनेमा पर्वको सुटिङमा व्यस्त छिन् ।

Image result for pardip khadka

अनमोल केसी

अनमोल केसीका त झन् सबै सिनेमाहरु करोड क्लवमा समावेश छन् । उनले ब्रेक लिएको सिनेमा होस्टेल, त्यसपछिको जेरी, ड्रिम्स हुँदै गाजलुसम्म आईपुग्दा उनका सबै सिनेमा सजिलै करोड क्लवमा समावेश भएका छन् । यहि कारण पनि अनमोल सबैभन्दा महंगो अभिनेता बन्न सफल भएका छन् । उनी एउटा सिनेमामा काम गरेबापत २० लाख पारिश्रमिक लिने भईसकेका छन् । उनको अनुहारले नै सिनेमा बिक्छ भन्दै निर्माता तथा निर्देशकहरु उनलाई सिनेमामा लिन तम्सिन्छन् । हाल उनी सिनेमा कृ को तयारी गरिरहेका छन् । अनमोल नेपाली सिनेमाको ईतिहाँसमा अहिलेसम्मकै विशुद्ध करोडका कलाकार हुन् । यस पछिको उनको यात्रा कस्तो हुन्छ त्यो भने समयले नै बताउने छ ।

Image may contain: 1 person, smiling, standing

बर्षा राउत

नाई नभन्नु ल ४ बाट सिनेमामा ब्रेक लिएकी अभिनेत्री वर्षा राउतको पहिलो सिनेमा नै करोड क्लवमा सामेल भएको थियो । त्यसपछि उनले काम गरेका सिनेमाहरु छक्का पञ्जा र जात्राले त कमाईको मामिलामा उपद्रो गरे । छक्का पञ्जाले १७ करोड भन्दा माथिको व्यापार गर्यो जसमा वर्षा पनि मुख्य भूमिकामा थिईन् । वर्षाको तेस्रो सिनेमा हो जात्रा । यो सिनेमाल पनि ५१ औँ दिन मनाउँदै ३ करोड भन्दा माथिको व्यापार गरेको थियो । यी तीन सिनेमाको सफलता सँगै वर्षा विशुद्ध करोडकी नायिका बनेकी छिन् । अहिले उनी सिनेमा मेरो पैसा खोईको तयारीमा छिन् । उनले यो सिनेमामा काम गरेबापत साढे तीन लाख पारिश्रमिक लिएको बुझिन्छ ।

Image may contain: 1 person, sitting, shoes, sunglasses and outdoor

रेखा थापा

रेखा थापाको त नामै काफी छ । उनले अरुका सिनेमामा भन्दा पनि आफै सिनेमा बनाईन् भने उनका सिनेमाहरु करोड क्लवमा सजिलै प्रवेश गर्छन् । उनको सफलता र नामबाट त ग्ल्यामर र सिनेमाको दुनियाँमा एउटा थेगो नै बनेको छ, कि रेखाको चल्छ कि देखाको चल्छ । सिनेमा हिरोबाट सिने उद्योगमा प्रवेश गरेकी रेखा अहिले सिनेमा उद्योगकी अभिनेत्री हैन हिरो भएकी छिन् । उनी आफै सिनेमा खेल्छिन्, आफै निर्माण अनि निर्देशन पछि गर्छिन् । रेखाले निर्देशन गरेको सिनेमा हिम्मतवालीले राम्रो सफलता पाएको थियो । पछिल्लो समय उनले निर्माण गरेका सिनेमा काली, हिम्मतवाली, रामप्यारीले सजिलै करोडको आँकडा पार गरेका थिए ।

14691918_1225347540845209_8269314796476229255_o

आर्यन सिग्देल

अनमोल केसी भन्दा पहिले कोही महंगो थियो त त्यो हो आर्यन सिग्देल । पहिलो सिनेमा किस्मतले नै सफलता पाएपछि आर्यनले त्यसपछि भटाभट काम पाउन थाले र उनका सिनेमाले पनि राम्रो व्यापार गरे । यहि कारण पछि पारिश्रमिकका आधारमा उनी महंगा बनेका थिए । उनको करिअरमा तीनवटा सिनेमाले कमाईको मामिलामा निकै हल्लाखल्ला पनि मच्चाए । सिनेमा मेरो एउटा साथी छ, नाभेम्वर रेन र कलासिले रिलिज भएको केही दिनमै करोड क्लवमा प्रवेश गरेका थिए । यी सिनेमाको सफलता पछि आर्यन पनि करोडका कलाकार बन्न पुगे । सिनेमाको व्यापारका आधारमा हेर्ने हो भने त आर्यनको करिअर आधा सफल आधा असफल छ । तर उनलाई सफल अभिनेताको रुपमा लिईन्छ ।

प्रियंका कार्की

अभिनय र नृत्यका कारण मात्रै नभयर गेटअपका कारण पनि चर्चामा आउने नायिका हुन् प्रियंका कार्की । उनलाई धेरैले रोल मोडलको रुपमा पनि हेर्छन् । मेरो वेस्ट फ्रेण्डबाट सिनेमामा ब्रेक लिएकी उनका पनि नाई नभन्नु ल सिरीज, वडा नम्बर छ र छक्का पञ्जाले करोड क्लवमा प्रवशे गरेर उनलाई करोडकी नायिकाको परिचय दिएका छन् । प्रियंकाको करिअरले पिकअप लिएको सिनेमा हो झोले । यो सिनेमाले पनि करोडको आँकडा छोएको थियो । त्यस्तै प्रियंकाले काम गरेका अन्य केही सिनेमाले पनि करोड क्लवमा प्रवेश गरेका छन् । हाल प्रियंका सिनेमा राधेको छायांकन सकाएर स्टेज कार्यक्रममा व्यस्त भएकी छिन् ।

Image result for pardip khadka

प्रदिप खड्का

प्रदिप खड्काको दोस्रो सिनेमा हो प्रेम गीत । उनको पहिलो सिनेमाको त कतिलाई नाम पनि थाहा छैन होला । उनले प्रेमगीत भन्दा पहिले सिनेमा स्केपमा काम गरेका थिए । उनलाई धेरैले प्रेम गीतबाटै चिनेका हुन् । उनले काम गरेको सिनेमा प्रेमगीतले पनि रिलिज भएको केही दिनमै करोड क्लवमा डेरा जमाएको थियो । यस हिसाबले प्रदिप पनि करोडका कलाकार बनिसकेका छन् । प्रेमगीत पछि उनी प्रेमगीत २ मा व्यस्त भएका छन् । जसको लागि उनले आफ्नो लुक्स परिवर्तन पनि गरेका छन् । हाल उनी सिनेमाको शुटिङका लागि थाईल्याण्ड पुगेका छन् ।

Related image

साम्राज्ञी राज्य लक्ष्मी शाह

साम्राज्ञी राज्य लक्ष्मी शाहको डेब्यु सिनेमाले नै रिलिज भएको केही दिनमै करोड क्लवमा प्रवेश गर्यो । उनको डेब्यु सिनेमा हो ड्रिम्स । ड्रिम्सले पाएको सफलता सँगै उनी बन्न पुगिन् करोडकी नायिका । पहिलो सिनेमाको सफलतासँगै साम्राज्ञीले आफ्नो भाउ पनि बढाई दिईन् । हाल उनी एक सिनेमामा काम गरेबापत पाँच लाख पारिश्रमिक लिन्छिन् । अहिले साम्राज्ञी दोस्रो सिनेमा ए मेरो हजूर २ को छायांकन सकेर तिमी सँगको शुटिङका लागि पोखरा पुगेकी छिन् ।

14242411_540001666210998_5312572533002347142_o

पूजा शर्मा

नायिका पूजा शर्मालाई सिनेमा प्रेमगीतले करोडकी नायिका बनाईदियो । प्रेमगीत भन्दा पहिले पनि उनले चारवटा सिनेमामा काम गरेकी थिईन् तर ती सिनेमाले भने त्यति राम्रो व्यापार गरेका थिएनन् । प्रेमगीतको सफलतासँगै पूजालाई नायिकाको हिसावमा छुट्टै सम्मान र उचाई मिलेको छ । हाल उनी म यस्तो गीत गाउँछुमा व्यस्त छिन् । यो सिनेमाकी उनी सह निर्मात्री पनि हुन् ।

Image may contain: 1 person, standing

श्रृष्टी श्रेष्ठ

अभिनेत्री श्रृष्टी श्रेष्ठ पनि पहिलो सिनेमाबाटै करोडकी नायिकाको सूचिमा परेकी छिन् । डेब्यु सिनेमा गाजलुले रिलिज भएको केही दिनमै करोड क्लवमा प्रवेश गरेको थियो । यो सिनेमामा उनले अभिनेता अनमोल केसीसँग पर्दा बाँडेकी थिईन् । श्रृष्टी पारिश्रमिकमा पनि महंगी छिन् । हाल उनी सिनेमा रोमियो एण्ड मुनाको तयारी गरिरहेकी छिन् ।

साभारः फर सी नेटवर्क

Leave a comment

Your email address will not be published.


*